सुनको मूल्य एक तोलाको एक लाख रुपैयाँ नजिक पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार दुई सय रुपैयाँले बढेको हो ।
यस्तै तेजाबी सुनको मूल्य तोलाको ९९ हजार ३६५ पुगेको छ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।