पाधि विजेता युभेन्टसले यो सिजनको अन्तिम खेलमा पराजय बेहोरेको छ । सिरी ए फुटबलमा ४० औँ खेलमा युभेन्टस घरेलु मैदानमा पराजित भयो ।
सन् २०१८ को अप्रिल २२ यता घरेलु मैदानमा भएको सिरी ए खेलमा युभेन्टसलाई पराजित गर्ने टिम बनेको छ रोमा । लिग अन्तर्गत यो सिजनको अन्तिम खेलमा शनिबार राति रोमाले युभेन्टसलाई ३–१ ले पराजित गरेको हो ।
क्रिष्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा पाँचौँ मिनेटमा गोन्जालो हेगुइनले गोल गरेर युभेन्टसलाई सुरुवाति अग्रता दिलाए ।
तर सो अग्रता युभेन्टसले जोगाउन सकेन । रोमाका लागि एन कालिनिकले २३ औँ तथा डिएगो पेरोती ४४ औँ मिनेटमा पेनाल्टी तथा ५२ औँ मिनेटमा गोल गरे ।
उपाधि विजेता युभेन्टस दोस्रो स्थानको इन्टर मिलान भन्दा मात्रै एक अंकले अघि रह्यो।
एट्लान्टालाई २–० ले पराजित गरेको इन्टर मिलानको ८२ तथा युभेन्टसको ८३ अंक रह्यो । सन् २०१०–११ को सिजन यता इन्टर मिलान दोस्रो स्थानमा रहेर लिग टुंग्याएको यो पहिलो पटक हो ।
यस्तै सिरी ए मा उपाधि विजेता र उपविजेताबिच मात्रै एक अंकको भिन्नता रहेको यो सन् २००१–०२ को सिजनपछि पहिलो पटक हो । एट्लान्टा ७८ अंकसहित तेस्रो स्थानमा रह्यो ।
यस्तै ३८ वर्षका जाल्टन इब्राहिमोविच सिरी ए मा १० गोल गर्ने सबैभन्दा बढी उमेरको खेलाडी बेनका छ । उनले शनिबार राति एसी मिलानले काग्लिएरीलाई ३–० ले पराजित गर्ने क्रममा गोल गरेका हुन् ।