मान्छे मार्ने र जासुसी गर्ने हतियार व्यापारीलाई ट्रम्पद्वारा खुला छुट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मान्छे मार्ने र जासुसी गर्ने हतियारका व्यापारीहरूलाई हतियार बेच्न खुला छुट दिएका छन् । विदेशलाई यस्ता हतियार बेच्न र बनाउन छुट ट्रम्पले दिएका छन् ।

हतियार बेच्न लगाइएको नियन्त्रणसम्बन्धी सम्झौतालाई ट्रम्पले पुरानो र गलत भनेका छन् ।

शुक्रबार अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसबाट घोषणा गरिएको नयाँ निर्देशिकामा यस्ता हतियारहरूको बिक्रीमा लगाइएको बन्देज हटाएका छन् । क्रुज मिसाइल्स जस्ता हतियारमाथि लगाइएको कठोर बन्देज हटाइएको छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ“ देश बाहिर हतियारमा लगाइएका बन्देज पुरानो र अन्यायपूर्ण छ । यसले अमेरिकी उद्योगलाई हानि पु¥याउँछ । यसले हाम्रा सहयोग देशलाई समेत यो हतियारसम्बन्धी प्रविधि प्राप्त गर्न बन्धनक बनाएको छ ।”