कोरोना अपडेटः संक्रमित १८ हजार ४८३, निधन ४५, डिस्चार्ज १३ हजार ५३

(200414) -- BEIJING, April 14, 2020 (Xinhua) -- A staff member displays samples of the COVID-19 inactivated vaccine at Sinovac Biotech Ltd., in Beijing, capital of China, March 16, 2020. China has approved two COVID-19 inactivated vaccine candidates for clinical trials, according to the State Council joint prevention and control mechanism against the coronavirus Tuesday. The two vaccine candidates are developed by Wuhan Institute of Biological Products under the China National Pharmaceutical Group (Sinopharm) and Sinovac Research and Development Co., Ltd, a company based in Beijing. Clinical trials of the two vaccines have started. (Xinhua/Zhang Yuwei)

नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराकाे परवानीपुर गाउँपालिका–८ स्थायी घर भएकी १७ वर्षिया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको परवानीपुर–८ की १७ वर्षिया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए।

बुधबार स्वास्थ्यमा समस्या आएपछि विरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडिटी पोजेटिभ देखिएको थियो। त्यस लगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो। ८ गते स्वाब संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो।

किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पाखाला लाग्ने, जिउ काँप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताउए। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

यस्तै शनिबार १ सय ९ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न अस्पतालमा ४ हजार ७५ पीसीआर जनाकाे परीक्षण गरिएकाेमा १ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ।

शनिबार देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ८५ जना कोरोना संक्रमित उपचाररत रहेका छन्। प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ४५, प्रदेश नम्बर २ मा १ हजार ९ सय ९ र बागमती प्रदेशमा ४ सय ३४ जना संक्रमित अहिले उपचाररत रहेका छन्।

यस्तै गण्डकी प्रदेशमा ३ सय १३, प्रदेश नम्बर ५ मा ३ सय ४६, कर्णाली प्रदेशमा ३ सय ३८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय जना संक्रमित उपचाररत रहेका छन्।

यस्तै पछिल्लो २४ घण्टामा १ सय ६ जना काेराेना संक्रमित डिस्चार्ज भएका छन्। आजसम्म डिस्चार्ज भएर घर फर्किनेको संख्या १३ हजार ५३ रहेको छ।

देशभर १८ हजार १ सय ८३ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।