रुसले अन्तरिक्षमा हतियारयुक्त स्याटेलाइट प्रक्षेपण गरेको बेलायत र अमेरिकाको आरोप

रुसले अन्तरिक्षमा स्याटेलाइट हतियार (प्रोजेक्टाइल) प्रक्षेपण गरेको आरोप अमेरिका र बेलायतले लगाएका छन् । सो प्रोजेक्टाइलले अन्तरिक्षको कक्षमा रहेका स्याटेलाइटहरुलाई निशाना बनाउन सक्ने अमेरिका र बेलायतको भनाई छ ।

रुसले हालै एक्च्युअल इन अर्बिट एन्टी स्याटेलाइट अतियार प्रक्षेपण गरेको र अति चासोको विषया रहेको अमेरिकाको विदेश विभागले जनाएको छ ।

यसअघि रुसको रक्षा मन्त्रालयले रुसी अन्तरिक्ष सामग्रीको क्षमता वा अवस्था थाहा पाउनका लागि नयाँ प्रकारको प्रविधि प्रयोग गरेको बताएको थियो । अमेरिकाले यसअघि नै रुसको नयाँ स्याटेलाइट सम्बन्धी कार्यप्रति चासो व्यक्त गरेको थियो ।

तर पहिलो पटक बेलायतले रुसमाथि अन्तरिक्षमा हतियार प्रक्षेपण गरेको अभियोग लगाएको हो।

केही दिनअघि मात्रै बेलायत सरकारले गरेको अनुसन्धानमा रुसबाट उत्पन्न भएको जोखिमलाई कम आँकिएको उल्लेख थियो ।

रुसले आफ्नो हतियार नियन्त्रण क्षमता अन्तरिक्षसम्म बिस्तार गर्न चाहेको र यो कार्य हिप्पोक्रेसी रहेको अमेरिकाले बताएको छ ।

यस्तै हतियारको गुणयुक्त स्याटेलाइ हालै रुसले प्रक्षेपण गरेको भन्दै बेलायतले चिन्ता व्यक्त गरेको छ।