मेलम्ची खानेपानी आयोजनाको पानी छाडेको सुरूङमा दुई जना बेपत्ता भएका छन्।
मेलम्ची खानेपानीको सुरूङको पानी परीक्षण भइरहेका बेला एक ठाउँबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन्। उनीहरु परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि अवस्था बुझ्न सुरुङतिर गएका थिए।
शुरुमा चार जना बेपत्ता भएका थिए भने २ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकालाई हेलिकप्टरबाट काठमाडौ थप उपचारको लागि पठाउने तयारी भैरहेको छ ।
उक्त दुर्घटना हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित आयोजनाकै सुरूङमा भएको हो। 9840732486