वडाले सिफारिस समेत नदिएपछि १५ महिने बालिकाको उपचारमा जुट्यो सिफारिस र नगद सहयोग

फिक्कल गाउपालिका १ का फडिन्द्र प्रसाद आचार्यले आफ्नो १५ महिनाकी कान्छी छोरी बिरामी भएर उपचारका लागि धुलिखेल अस्पताल लगे । कमलामाई नगरपालिका वडा नं. ४ मा अस्थायी बसोवासगर्दै आउनुभएका आचार्यको छोरीलाई कडाखालको निमोनिया भएको रहेछ । आर्थिक अवस्था निक्कै कमजोर भएका आचार्यले छोरीलाई धुलिखेल अस्पतालमा उपचार गराए तर अस्पतालले उहाँको छोरीलाई आईसियूमा राखेर उपचार गर्नुपर्छ भन्यो । आचार्यको खल्तीमा छोरीलाई आईसियूमा राखेर उपचार गर्न पुग्ने पैसा थिएन । उहाँसँग जति पैसा थियो त्यती पैसाले छोरीको उपचार गर्नुभयो । आर्थिक अभावले गर्दा अस्पतालले आईसियूमा राखेर उपचार गर्नुपर्छ भनेको छोरीलाई बोकेर उहाँ घर फर्कन बाध्य हुनु भयो । घर आएपछि छोरीलाई झन रोगले च्याप्न थाल्यो ।
छोरीको उपचार गरौ आफुसँग पैसा छैन्, वडा कार्यालयमा गएर अध्यक्षलाई भेटेर आफ्नो सबै पिडा पाखे तर सहयोग पाएनन् । पैसा नभएकै कारणले छोरीलाई गुमाउछुकी भन्ने चिन्ता उहाँमा बढ्न थाल्यो । उहाँले वडाबाट सिफारिस पाए छोरीको उपचार हुन्थ्योकी भन्ने ठानेर कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्रप्रसाद ढकालसँग सिफारिस माग गर्नुभयो । तर उहाँले वडाले सिफारिस दिन नमिल्ने भन्दै फकाईदियो ।‘छोरी धेरै विरामी भएपछि मैले वडामा सिफारिस माग्न गएको थिए । वडाअध्यक्षले हामीले दिन मिल्दैन । नगरपालिकाले दिन्छ । नगरपालिका तिरै गएर सिफारिस माग्नु भन्नुभयो ।’ आचार्यले भन्नुभयो ।
वडाले सिफारिस समेत नदिएपछि छोरीको उपचार कसरी गर्ने होला भन्ने चिन्ता बढेकै बेला मंगलवार एक्कासी छोरी बोहोस भईन् । हतार हतार गरेर उहाँले छोरीलाई सिन्धुली अस्पताल ल्याउनुभयो । अस्पताल आएपछि विपन्न परिवारकी १५ महिनाकी छोरीको उपचारमा सिफारिस माग गर्दा नगरपालिकाको ४ नंं वडा अध्यक्षले सिफारि नदिएको कुरा कमलामाई नगरपालिका प्रमुख समक्ष खबर पुग्यो ।
उक्त बिबरण थाहा पाए लगत्तै नगरप्रमुख खड्गबहादुर खत्री सिन्धुली अस्पताल पुग्नुभयो र आचार्य र उहाँकी छोरीको अबस्थाका बारेमा बुझ्नुभयो । विपन्न परिवारकी बालिकाको उपचारमा वडाले सिफारिस समेत नदिएकामा नगर प्रमुख खत्रीले आश्चर्य प्रकट गर्नुभयो । ‘गरिव, दलित, विपन्न बर्गको सेवा गर्न आएका जनप्रतिनिधिले नै एउटा सिफारिस समेत नदिनु गैर जिम्मेवार काम हो । विपन्न बर्गलाई उपचारमा सिफारिस दिनुपर्छ । सिफारिस नदिनु वडाअध्यक्षको गल्ति हो ।’ मेयरखत्रीले भन्नुभयो । नगरप्रमुख खत्रीले १५ महिनाकी बालिको उपचारका लागि नगरपालिकाको तर्फबाट काठमाडौंसम्म जान एम्बुलेन्सको व्यवस्थापन गरिदिएपछि सिन्धुली अस्पताले कान्तिबाल अस्पतालमा रिफर गरेको छ । मेयर खत्रीले बालिकाको उपचारमा ५ हजार व्यक्तिगत सहयोग पनि गर्नुभएको छ । बालिकाको उपचारमा नगरपालिकाका उपप्रमुख मन्जु देवकोटाले ३ हजार र सिन्धुली अस्प्ताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले २ हजार गरी मंगलवार १० हजार रुपैया नगद बालिकाका बुवालाई दिनुभएको छ । नगरपालिकाले बालिकाको उपचारमा सहयोग गर्न सिफारिस समेत दिएको छ ।
आफ्नो विरामी छोरीको जीवन जोगाउन नसकिने भयो भन्दै निराश बनेका आचार्य नगद सहयोगसमेत प्राप्त भएपछि हर्षित बनेका छन् । आचार्य भन्छन्ः छोरीको जीवन रक्षाका लागि सहयोगी बन्नु भएका सबैलाई धेरै धेरै धन्यवाद दिन्छु ।