थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १७ हजार ६१ पुग्यो

मुलुकभर थप १ सय १६ जना कोरोनाका संक्रमित थपिएका छन्।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका बताएका हुन्। थपिएका सहित मुलुकभर कुल संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।

त्यस्तै २४ घण्टामा कोरोनाका ३४ संक्रमित विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। यीसहित हालसम्म १० हजार ३ सय २८ जना कोरोनाबाट निको भएका छन्। ३८ जना मृतकमा कोरोना देखिएको छ। हालसम्म २ लाख ९३ हजार ७३९ जनाको पिसिआर परीक्षण भएको छ।