इंग्लिस प्रिमियर लिगः वाट्फोर्डमाथि साउथह्याम्पटनको प्रभावशाली जित

रेलिगेशनको जोखिममा रहेको वाट्फोर्ड इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा साउथह्याम्पटनसँग स्तब्ध भएको छ ।

अवे मैदानमा भएको खेलमा साउथह्याम्पटनले वाट्फोर्डमाथि ३–१ को जित दर्ता गरेको हो । साउथह्याम्पटनका लागि ड्यानी इनग्सले दुई गोल गरे । यस्तै जेम्स वार्ड–प्रोवस एक गोल गरेका हुन्।

वाट्फोर्डका लागि साउथह्याम्पटनकै बेडनारिकले गोल गरे अर्थात ७९ औँ मिनेटमा बेडनारिकले गरेको आत्मघाती गोल वाट्फोर्डको खातामा रहेको हो ।

जितपछि ३२ खेलबाट ४० अंक बनाएको साउथह्याम्पटन १३ औँ स्थानमा उक्लिएको छ । रेलिगेशन जोनबाट केही माथि मात्रै रहेको वाट्फोर्ड भने २८ अंकसहित १६ औँ स्थानमा छ ।