सरकाले चालू आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षका लागि ५८ अर्ब बजेट घटाएको छ।
आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अर्थमन्त्री युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड संसदमा प्रस्तुत गरेका छन्। चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत भएको थियो।
आगामी आर्थिक वर्षका लागि सरकारले चालू खर्च ९ खर्ब ४८ अर्ब ९४ करोड (६४.४ प्रतिशत) विनियोजन गरेको छ।
पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब ९१ करोड (२३.९ प्रतिशत) छ भने वित्तिय व्यवस्थापन खर्च १ खर्ब ७२ अर्ब ८९ करोड (११.७ प्रतिशत) विनियोजन गरिएको छ।
सरकारले ८ खर्ब ८९ अर्ब ६२ करोड रुपैयाँ राजश्व संकलनबाट उठाउने, वैदेशिक सहायताबाट ६० अर्ब ५२ करोड रुपैयाँ जुटाउने छ।
साथै वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब ५० करोड उठाउने छ भने २ खर्ब २५ अर्ब आन्तरिक ऋण उठाइने भएको छ।