काठमाडौ: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चार नेतालाई सचिवालय सदस्यमा मनोनीत गरेको छ । भर्चुअल रूपमा आज बसेको केन्द्रीय समिति बैठकले सोबिता गौतम , गणेश पराजुली , शिशिर खनाल र हरि ढकाललाई सचिवालय सदस्य मनोनीत गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । चारै जनालाई कार्यबाहक सभापति डिपि अर्यालले मनोनीत गरेका हुन् ।










