उँट प्रवृत्तिबाट राजनैतिक दल बलियो हुन्छ, नत बिकास र सम्मृद्धिनैं प्राप्त हुन्छ – मनोजजंग थापा

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले आफ्‌नो धरातलीय अथार्थलाई बुझ्‌न नसक्ने र आफू सबै भन्दा अब्बल हुँ भन्नेहरुलाई उँटसँग तुलना गरेकाछन् ।
नेकपा एमालेमा बौद्धिक व्यक्तित्वका रुपमा चिनिएका नेता थापाले धरातलीय यथार्थलाई नजरअन्दाज गर्ने, सत्यलाई अस्वीकार गर्ने प्रवृत्ति भएका पात्रहरु अहिले पार्टी राजनीतिमा समाजमा प्रशस्तै देखिएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत “उँट” प्रवृतिबाट पार्टी र मूलुकलाई जोगाउँन जरुरी भएको औंल्याएका छन् । उनी लेख्छन्‌ः मुलुकलाई “समृद्ध र सूखी” बनाउन आवश्यक राष्ट्रिय राजनितिमा बिजय प्राप्त गर्न “उँट” प्रवृत्तिका पात्र बाट आन्दोलनलाई पुर्णत जोगाऔ । अन्यथा भविश्यमा पछुतो बाहेक केहि रहने छैन, नेता थापाले लेखेका छन् ।
उनी सामाजिक सञ्जाल फेसबुकमा यसरी लेखेका छन्‌– “उँट” एक प्रकारको अग्लो प्रजातीको जीव हो र आफु अग्लो भएको ध्वाँस देखाउने चेष्टा बेलाकुबेलामा गर्छ, तर जब “उँट” पहाडको सामुन्ने पुग्छ तब उ भन्दा धेरै अग्लो अन्य पनि हुने रहेछ भन्ने थाहा पाउछ !
“उँट“ जस्तै धारातलीय यथार्थलाई नजर अन्दाज गर्ने प्रवृत्ति भएका पात्र समाज र राजनीति आन्दोलनमा हिजो आज प्रश्स्तै देखिन्छन् । अतःमुलुकलाई “समृद्ध र सूखी” बनाउन आवश्यक राष्ट्रिय राजनितिमा बिजय प्राप्त गर्न “उँट” प्रवृत्तिका पात्र बाट आन्दोलनलाई पुर्णत जोगाऔ । अन्यथा भविश्यमा पछुतो बाहेक केहि रहने छैन ।