सिन्धुलीमा ४४ औं आजाद स्मृति दिवश, जेष्ठ कम्युनिष्टहरू सम्मानित

सिन्धुलीः नेकपा एमाले सिन्धुलीले आज एक कार्यक्रमका बीच ४४ औं आजाद स्मृति दिवशका अबसरमा जेष्ठ कम्युनिष्टहरुलाई सम्मान गरेको छ । नेकपा एमाले सिन्धुलीद्धारा आजादनगर भिमानमा आज आयोजित कार्यक्रममा महान शहिद ऋषिराज देवकोटाको शालिकमा माल्यार्पणगर्दै सिन्धुलीका एक दर्जन बढी जेष्ठ कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको हो ।
नेकपा एमालेका उपाध्यक्ष गुरु बरालको प्रमुख आतिथ्यतामा कार्यक्रममा सम्पन्न भएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली इन्चार्ज मनोजजंग थापाले शहिद ऋषिराज देवकोटा आजादले देखाउनु भएको बाटोबाट अगाडि बढेमात्रै सिन्धुलीको कम्युनिष्ट आन्दोलनले सही बाटो पहिल्याउने बताउनुभयो ।

नेकपा एमालेका उपाध्यक्ष गुरु बरालको प्रमुख आतिथ्यता, अध्यक्ष महेन्द्र देव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य प्रचार विभाग प्रमुख कर्ण घिसिङले गर्नुभएको थियो । कार्यक्रममा शहिद पुत्र एवम् नेकपा एमालेका केन्द्रीय सदस्य सुवास देवकोटाले आफ्‌नो बुवाले सिन्धुलीको कम्युनिष्ट आन्दोलनमा खेल्नु भएको भूमिका प्रष्ट पार्नुभएको थियो । सो अबसरमा केन्द्रीय सदस्य कमलजंग राई, विषमलाल अधिकारी, उमा कोइराला र निरु दर्लामी सहभागी हुनु भएको प्रचार विभाग प्रमुख घिसिङले जानकारी दिनुभयो ।