सन् २००१ सेप्टेम्बर ११का दिन ओसामा बिन लादेन नेतृत्वको अल कायदाका अपहरणकारीलाई अमेरिकाको रक्षामन्त्रालय पेन्टागनमा आक्रमण गर्न सघाउनेको खुलासा अमेरिकी जासुसी संस्था संघीय अनुसन्धान ब्युरो( एफबीआई)को त्रुटिबाट हुन पुगेको छ ।
एफबीआईले सेप्टेम्बर ११का पीडितहरूले साउदी सरकार विरूद्ध दायर गरेको मुद्दामा संशोधन नगरिएको अदालतमा बुझाइएको गुप्त फाइलमा त्यसको खुलासा हुन पुगेको हो ।
त्यो फाइलमा साउदी सरकार अधिकारीहरूको संलग्नता रहेको देखिएको छ ।
अहिलेसम्म गुप्त रहेकोे यो विषयको पहिलो जानकारी याहु न्युजका खोज पत्रकार माइकल इसिकोफलाई भएको थियो ।
यसको थप जानकारी लिन खोज्दा अमेरिकी अधिकारीहरूले यसबारे खुलाउन इन्कार गरेका छन् ।
अमेरिकाका महान्यायाधिवक्ता विलियम बार र राष्ट्रिय गुप्तचरका कार्यवाहक निर्देशक रिचार्ड ग्रेनल दुबैले साउदी दूतावासकाअधिकारी र एफबीआईका दस्तावेजहरू अति संवेदनशील रहेको र यसले राष्ट्रिय सुरक्षामा आाघात गर्ने अदालतमा जनाएका छन् ।
साउदी सरकारको विदेशमन्त्रालयले सन् १९९९र २०००बीचमा अमेरिकास्थित साउदी दूतावासमा एक मध्यमस्तरका अधिकारीको रूपमा मुसाएद अहमद अल जराहलाई नियुक्त गरेका थिए, जनाइएको छ ।
जराहले विमान अपहरण गरी ट्विन टावर र पेन्टागनमा आक्रमण गर्ने अपहरणकारीलाई सघाएको विषयको कागजात एफबीआईका सह निर्देशक जील सानबोर्नले अदालतमा जस्ताको त्यस्तै जानकारी दिएका थिए ।
जाराहलाई इश्लामिक मामिला मन्त्रालका गतिविधि गर्नका लागि अमेरिकामा नियुक्त गरिएको थियो । यो कार्य गर्न साउदी सरकारले सहयोग गर्ने मस्जिद र इश्लामिक संगठनहरूलाई सक्रिय गराएको थियो ।
त्यस अनुसारको काम अमेरिकामा जेराहले गर्ने जिम्मेवारीमा त्यहाँ पुगेको विषय एफबीआईले बुझाएको जानकारीमा उल्लेख छ ।साउदीका धार्मिक गुरू मध्येका एक फहद अल थुमाइरे र संदिग्ध साउदीका जासुस ओमार अल बायोउमीलाई जेराहले सहयोग गरेको जनाइएको छ । थुमाइरे र बायोमीलाई अपहरणकारीलाई सहयोग गर्ने जिम्मेवारी दिइएको थियो ।