सिन्धुलीको चियावारीमा विहान ९ः३० बोलेरो दुघंटना हुँदा दुई जनाको घटनास्थलमैं मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । मृतकको सनाखत हुन सकेको छैन ।
गोलन्जोर ६ हैवार–नाकाजोलीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बलेरो चियाबारीमा दुर्घटना भएको हो । बा.२० च ८२८३ नम्बरको बलेरो दुर्घटना भएको प्रहरीले बताएको छ । अन्य ५ जना घाइतेलाई प्रहरीले जिल्ला अस्पताल पुर्याएको छ । दुर्घटनाका कारण विपी राजमार्ग अबरुद्ध बनेकोले बाटो खोल्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफलेले प्रदेशखबरलाई जानकारी दिए ।