सुनकोशीमा किशोरीको स्वास्थ्य जाँच

किशोर किशोरीहरूका लागि यौन तथा प्रजनन स्वास्थ्य अधिकार सेवा सम्वन्धि एक दिने शिविर कार्यक्रम सिन्धुलीको दीर्घ प्रदीप माध्यमिक विद्यालय खाल्टेमा सम्पन्न भएको छ । प्लान नेपालको साझेदारी तथा मानव तथा राष्ट्रिय विकास समाज हेन्डस नेपालको साझेदारी तथा सुनकोसी गाउँपालिकाको स्वास्थ्य शाखा रामटारको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।


समुदायमा किशोर किशोरीहरू अझै पनि यौन तथा प्रजनन स्वास्थ्य शिक्षा परामर्शहरूबाट वञ्चित छन् । यसरी किशोर किशोरीमा स्वास्थ्य शिक्षा र परामर्श सम्वन्धि ज्ञान नहुँदा विभिन्न समस्याहरू झेल्दै आइरहेका अवस्थामा उनीहरूलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी जानकारी गराइएको हो । समुदायमा डाक्टर सहितको टोलीहरूबाट आफूले स्वास्थ्य जाँच र र यौन शिक्षा र प्रजनन स्वास्थ्य सम्वन्धि जानकारी पाउँदा आफू खुसी भएको सगिता माझीले बताउनुभयो ।


किशोर किशोरीहरूको स्वास्थ्य चेक जाँच र यौन तथा प्रजनन सम्वन्धि आवश्यक परामर्श र सेवा दिने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको हेन्डस नेपाल द्वारा सञ्चालित जी एस एस परियोजनाका कार्यक्रम संयोजक रामानान्द बैठाले जानकारी दिए ।