सिन्धुली ट्रक व्यावसायि सङ्घको अध्यक्षमा पुनः दीपक दाहाल पुन चयन हुनु भएको छ । हिजो भएको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट उहाँ अध्यक्षमा चयन हुनु भएको हो ।
सङ्घको उपाध्यक्षमा विष्णु थापा, सचिवमा सूर्य बहादुर श्रेष्ठ, कोषाध्यक्षमा जीवन श्रेष्ठ, सदस्यहरूमा मित्र बहादुर थापा, जगनाथ दाहाल र खुल बहादुर श्रेष्ठ चयन हुनु भएको छ । पुन अध्यक्षमा निर्वाचित बन्नुभएका दाहालले पछिल्लो समय ट्रक व्यवसायीको व्यवसाय सङ्कटमा परेको बताउनभयो । उहाँले राति ९ बजे देखी बिहान ५ बजे सम्म मात्र बिपी राजमार्गमा ट्रक संचालन गर्नु पर्ने बाध्यताले हाम्रो व्यवसाय रात्रिकालीन व्यवसायमा परिणत भएको बताउँदै त्यसबाट व्यवसायीहरु पलायन हुन थालेको बताउनुभयो । उहाँले ८ घण्टा मात्र ट्रक संचालन गर्नु पर्ने बाध्यता हुँदा चालकले कति वेला खाने, कति वेला सुत्ने अर्को दर्दनाक अवस्था रहेको खुलासा गर्नुभयो ।
सिन्धुलीमा विगतमा दुई सय ट्रक व्यवसायी रहेकोमा अहिले ५०र६० वटा ट्रक रहेको र व्यवसायीहरू मात्रै रहेको अबस्थाले पनि व्यवसायीहरु पलायन हुन थालेका हुन् । राजमार्गमा समय निर्धारणले गर्दा व्यवसायी मारमा परेकाले साँझ ५ बजे देखी बिहान ७ बजे सम्म ट्रक संचालन गर्ने वातावरण मिलाइदिन अध्यक्ष दाहालले स्थानीय प्रशासनसँग आग्रह गर्नुभयो । सिङ्गो व्यवसाय मार्कामा परेकाले जिल्लाका सबै सरोकारवाला निकायहरूलाई सङ्घको यस मागलाई पुरा गर्न आफ्नो ठाउँबाट सहयोग गरिदिन उहाँले आग्रह गर्नुभएको थियो।