उपभोक्ताको स्वास्थ्य माथि खेलबाड गर्न खोज्ने व्यापारीलाई कारबाही हुनुपर्छ भन्ने कुरामा हामी सहमत छौँ , तर व्यापारीले साँचो बुझाउँदै पनि विश्वास नगरी मध्यरातमा छापा मार्ने शैलीप्रति भने हाम्रो बिमति रहेको सिन्धुली उद्योग बाणिंज्य संघले जनाएको छ ।
एक संवाददाता सम्मेलनको आयोजनागरी संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले सो कुरा बताएका हुन् । उनले अगाडि भनेका छन्ः गल्ती गर्ने कमला सप्लायर्सका सञ्चालकलाई अनुगमन समितिले २ लाख ५० हजार जरिवाना गरिनु उचित नभएको र सो रकम बढी भएको गुनासो गरे । अध्यक्ष श्रेष्ठले पत्रकारहरुसामु भनेः एक लाख मात्रै जरिवाना गरिनु पर्दथ्यो, अहिलेको संकटपूर्ण अबस्थामा त्यो रकम बढीभयो ।
स्मरणीय छः कमला सप्लायर्स लाई सय अगाडि पनि पटक पटक २० हजार रुपैयाँ जरिवाना गरिएको र एक पटक सचेत पत्र दिइएको थियो । पटक पटकको जरिवाना र सचेत पत्रको बेवास्तागर्दै कमला सप्लायर्सका सञ्चालक जय कुमार दासले उलंघन गरेपछि उनलाई सो रकम जरिवाना गरिएको हो ।