प्रचण्डको कोर्स करेक्सन वा सत्ता प्राप्तिको माध्यम !

धुनिक पश्चिमी विकासका योजनाकार एवम् जर्मन अर्थराजनीतिका प्रमुखका रुपमा चिनिएका म्याक्स बेबरले भनेका छन्ः सरकारले गर्ने कानूनसम्मत र सर्वस्वीकार्य क्रियाकलापले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ । म्याक्स बेबरले भनेजस्तै भद्रोलका बीच गोल गर्ने रणनैतिक कौशल बोकेका नेपाली राजनीतिका अस्थिर पात्र सुप्रिमो प्रचण्डको राजनैतिक कोर्स करेक्सनले फेरी नेपाली राजनीतिमा तरङ्ग मात्रै ल्याएको छैन, बामपन्थीहरुलाई बाध्यात्मक सत्ता प्राप्तीको मार्गबाट अगाडि बढाएको छ ।
प्रचण्ड सत्ताका लागि जे पनि गर्छन् भन्ने तथ्य नेपाली सत्ता राजनीतिमा स्थापित भइसकेको छ । लागि आफू, पार्टी, जनता र देशभन्दा प्यारो सत्ता हुने गरेको छ। ठूलो दल कांग्रेसले पाउने सत्ता नेतृत्वको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ पाएर उनले बाजी मारिहाले पनि वचन अनुसार एमालेसँग सत्तायात्रा निरन्तर राख्न सकेनन् । कार्यकर्ता पक्तिबाट आलोचित बनेका ओलीले प्रचण्डलाई साथ दिए तर उनले राष्ट्रपति निर्वाचनका बेला सत्ताकै लागि सहयात्री बदलेर राजनीतिक बेइमानीको बाटो रोजे । उनको सत्ता सहयात्राको साझेदारी अनुसार कांग्रेसलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नुपर्ने अबस्थामा उनले फेरी कांग्रेसलाईनैं लात हानेर आफ्नो विगतको कमजोरी मात्रै स्वीकारेनन् कि फेरी बामपन्थीहरुकै सहयात्रा फलदायी भएको निश्कर्ष निकाले ।
कोर्स करेक्सनको माओवादी यात्रा !
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता पछि बनेको नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अर्थात दुई पाइलटले हाँकेको नेकपा बिभाजन रोक्न छिमेकी चिनले निकै ठूलो प्रयत्न गरेको थियो । तत्कालीन नेकपाको सरकारले दुईतिहाई नजिकको बहुमत प्राप्त गरी बनाएको सरकारबाट राजनीतिक स्थिरता कायम भई देश समृद्धिको दिशामा बढ्ने अपेक्षा आम नेपाली नागरिकहरूले गरेका थिए । तर, त्यही अस्थिर पात्रका रुपमा कहलिएका प्रचण्ड र संकिर्ण स्वभावको अर्का नेता माधव नेपाल (सत्तारूढ दलभित्र) को अर्थहीन द्वन्द्वका कारण देशमा धेरै लामो समय पश्चात देखिएको बामपन्थीहरुको बलियो सरकार कमजोर र निष्प्रभावी साबित भयो । यद्यपी नेपालका विकास आयोजनाहरु अहिले पनि त्यही नेकपा कालमा थालिएकाले निरन्तरता पाएका छन् भने केही राजनैतिक दाउपेचले रोकिएका छन् ।
मिसन ८४ को अभियानका नाममा नेकपा एमालेले ‘मिसन ग्रासरुट र मध्यपहाडी संकल्प यात्रा’ सकेर तराई केन्द्रीत अभियान सञ्चालन गर्ने तयारीमा छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले पनि चार महिने विषेश रुपान्तरण अभियान अन्र्तगत ‘घर घरमा माओवादी र जनजनमा माओवादी’ भन्ने अभियान चलायो । दुबै दलको उदेश्य आउँदो ८४ सालको निर्वाचनमा आफ्नो दललाई पहिलो पार्टी बनाउने र कमजोर बनेको संगठनलाई मजबुत बनाउनुनै थियो ।
तत्कालिन नेकपाको निर्माण पूर्व र त्यसपछिका पछिल्ला घटनाक्रमले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाललाई पिरोलेकै हुनुपर्छ, एमालेले थालेको मध्यपहाडी अभियानकै क्रममा दुई शिर्ष नेता बीचको सत्ता सहकार्यले मिसन ८४ मा बामपन्थीहरुका बीच चुनावी मोर्चा वा पार्टी एकताको तहसम्म लैजान वातावरण निर्माण हुन थालेको देखिंदैछ ।
माओवादी केन्द्रका नेता महेश्वर दाहाल भन्छन्ः ‘मुलुकमा निरन्तर बढिरहेको बैदेशिक हस्तक्षेपले पनि आउँदो निर्वाचनमा बापमन्थी पार्टीहरुका बीचमा सहकार्य गरेर जानै पर्ने अबस्था आइसकेको छ ।’ तत्कालिन नेकपा निर्माणका बेला नेपाली जनतमा जागेको आशा र भरोसालाई फेरी पनि कायम राख्न र मुलुकको विकास र सम्मृद्धिका लागि बामपन्थी दलहरुका बीच सहकार्य वा एकता आवश्यक भएको ठान्छन् दाहाल ।
नेपालको राष्ट्रिय राजनीतिमा भन्ने गरिएको भारतीय शुक्ष्म हस्तक्षेप विभिन्न रूप र आवरणमानैं प्रकट भइनैं रहेको छ । तर पछिल्लो समय हिन्दुवादीका नाममा नेपाली कांग्रेस र राप्रपा मार्फत भारतीय योजना सहतमा प्रकट भएपछि बामपन्थी दलहरुका बीच अगाडि बढेको सत्ता सहकार्यले बाँकी अबधीसम्म सामूहिक सत्ता सञ्चालन वा बाध्यात्मक अबस्थामा आउने मध्यावधी निर्वाचनमा एमाले र माओवादी केन्द्रलाई एकताको तहमा लैजाने वा संयुक्त रुपमा चुनावी मोर्चामा लैजाने प्रयासका रुपमा अर्थलगाउन थालिएको छ ।
बिचार, सिद्धान्त र सत्ता सञ्चालनका सारभूत सिद्धान्तलाई छोडेर सत्ता स्वार्थले एकै ठाउँमा उभिएका ओली र प्रचण्डले स्थायित्व, राजनीतिक स्थिरता, विकासको नारा दिएर नयाँ सत्तारोहणको मार्ग त खोलेका छन्, तर उनीहरु समस्याको गोलचक्करमा फस्ने र आफैं अस्थिरताको द्योतक बन्ने त होइन ? भन्ने प्रश्न खडा भइरहेको छ ।
सबै स्वार्थ र व्यक्तिगत कुण्ठाहरु त्यागेर बर्गिय अधिनायकत्व र नेपाली माटोलाई आत्मसात गरेर अगाडि बढ्ने हो भने नेपालका बामपन्थीहरु बीचको एकतालाई पश्चिमा शक्तिले रोक्न भने सक्तैन ।
बामपन्थीहरु मिलाउने हुटहुटी !
केही दिन अगाडि प्रधानमन्त्री दाहालले ताइनवान चिनियाँ अधिनस्थ क्षेत्र भएकाले नेपाल एक चिन नीतिको पक्षमा दृढ रहेको बताएका थिए । काठमाडौंमा चिनियाँ नयाँ वर्षको उद्घाटन कार्यक्रममा उनले ताइवान चीनकै अभिन्न अंग भएको बताए । आफ्नो चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा ‘ताइवान स्वतन्त्रता’बारे नेपालको दृष्टिकोण प्रष्ट पारेको भन्दै ‘हामी फेरि भन्न चाहन्छौं, हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं । ताइवान चीनकै अभिन्न अंग हो ।’ उनले भनेका थिए ।
आन्तरिक तथा वाह्य मामिलामा आएको परिवर्तनबाट यो प्रतिवद्धतामा प्रभावित नहुने बताउनु र चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरु नेपालका कम्युनिष्ट पार्टी विषेशगरी माओवादी र एमालेलाई एकै ठाउमा उभ्याउनु पर्छ भन्ने विगतको सक्रियताले अहिले पनि निरन्तरता पाइरहेको चीनियाँ राजदुत छन् सेङको पछिल्लो गतिविधीले देखाइरहेको छ ।
तत्कालिन नेकपाभित्र जतिजति विवाद देखा प¥दैगयो, विग्रहको मुस्लो फैलियो उति नंै बढ्यो, चीनको सक्रियता त्यो भन्दा बढेको थियो । चिनियाँ राष्ट्रपति सी जिनफिङको किताब बाँड्ने, चाडपर्वको निहुँ गरेर तत्कालिन चीनियाँ राजदूत होउ यान्छीको सक्रियतालाई नजिकबाट नियालेकाहरु वसन्त र ग्रिष्म ऋतुबाट जारी रहने बताएका थिए । नभन्दै त्यस्तै भयो । माओवादी केन्द्रका नेता वर्षमान पुन र महेश्वर दाहालको सक्रियता एवम् एमाले अध्यक्ष ओलीको एमालेलाई नेपालको कम्युनिष्ट केन्द्र बनाउने हुटहुटी एवम् प्रचण्डको सत्ता स्वार्थ अहिले एकै बिन्दुमा आइपुगेको छ । यस अगाडि विभिन्न बहानामा एमाले र माओवादी केन्द्रका नेताहरुको चीन भ्रमणले एमाले र माओवादी केन्द्रलाई एकै ठाउँमा उभ्याउने प्रयत्न गरिरहेको देखाएको छ ।
नेपालका कम्युनिष्ट घटकहरुलाई एकै ठाउँमा उभ्याउने चीनियाँ हुटहुटीले नेपाल सम्बन्धी उसको नीतिमा फेरबदल आएको हो त होइन ? भन्ने प्रश्न जन्माएको कतिपय विश्लेषकको मत छ । पञ्चायत, बहुदल हुँदै गणतान्त्रिक युगमा पनि नफेरिएको ‘अहस्तक्षेप’को चिनियाँ नीति अहिले बदलिएको हो कि भन्ने कतिपय कूटनीतिज्ञहरूको मत छ ।
पुरानै निरन्तरता !
सी चिनफिङ नेतृत्वको चिनियाँ कम्युनिष्ट पार्टी नेपालका वामपन्थी पार्टीहरुलाई एक बनाउने कसरतमा जुटेको भने नयाँ घटना होइन । विगतमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता एवं उपमन्त्री चेन झाओले आफूहरुले नेपालका कम्युनिष्ट घटकहरुबीच एकता चाहेको उल्लेख गरेको बिबरणनैं काफी रहेको संझन्छन् माओवादी नेता महेश्वर दाहाल । स्वास्थ्य उपचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनसँग नेपाल मामिलासमेत हेर्दै आएका उपमन्त्री झाओले कम्युनिष्ट एकताको पक्षमा आफूहरु रहेको बताएका थिए ।
त्यस बेला नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिष्टका बीचमा पार्टी एकता गर्ने, त्यो सम्भव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताएका थिए ।
चीनले यसअघि माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जोगाउन गरेको अन्तिम कसरत निरर्थक साबित बनेको थियो । नेपालको राजनीतिक मामिलामा प्रायः मुख नखोल्ने चीनले एमाले र माओवादीलाई फेरी एकै ठाउँमा उभ्याउने सार्थक प्रयत्न गरेको छ, त्यसलाई आम नेपालीले उत्साहका रुपमा लिएका छन् ।