शहिद सम्झना दाहालको ३१ औं स्मृती दिवसको अवसरमा आज विभिन्न व्यक्तित्वहरु पुरस्कृत भएका छन् । दाहालले सहादत प्राप्त गरेको दिनको स्मरणमा सहिद सम्झना दाहाल स्मृती प्रतिष्ठान सिन्धुली र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीको आयोजनामा जिल्लाका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।
सम्झना दाहाल स्मृती प्रतिष्ठान सिन्धुलीका अध्यक्ष (स्वर्गिय सम्झना दाहालका पिता) शेषराज दाहलको अध्यक्षता तथा संघीय संसदका पुर्वउपसभामुख शिवमायाँ तुम्वाहाम्फेको प्रमुख आतिथ्यतामा सामुदायिक विद्यालयबाट उत्कृष्ट अंक सहित उर्तिण ३ विद्यार्थी, २ जना आर्थिक अवस्था कमजोर भएका विद्यार्थी, १÷१ जना साहित्यकार, शिक्षक र पत्रकारलाई सम्मान तथा पुरस्कृत गरिएको हो ।
२०७९ सालको इसइई परिक्षामा उत्कृष्ट नम्बर प्राप्त विद्यार्थिहरु आर्सिया न्यौपाने, सुधा कार्की र क्रान्ति दर्नाललाई नगद २ हजार सहित पुरस्कृत गरिएको हो । त्यस्तै दलित जेहेन्दार विद्यार्थी अनिषा रोक्का र माधव कुमार श्रेष्ठ नगद २ हजार सहित पुरस्कृत भएका हुन् ।
जिल्लाका ज्येष्ठ साहित्यकार दुर्गा देबि ढकाल, शिक्षक कृृष्णहरि घिमिरे र पत्रकार विमला पाण्डेलाई नगद ८ हजार ५ रुपैयाँसहित सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । स्वर्गिय सम्झना दाहालको स्मृति दिवसको अवसरमा सहिद सम्झना दाहाल स्मृती प्रतिष्ठान सिन्धुलीले बर्षेनी विभिन्न क्रियाकलाप गरेर स्मरण गर्ने गर्दछ ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संघीय संसदका पुर्वउपसभामुख शिवमाया तुम्वाहाम्फेले राष्ट्रघाती टनकपुर सन्धीका विरुद्धको शान्तिपूर्ण आन्दोलनका क्रममा साहदत प्राप्त गरेकी नाबालिका दाहाललाई राज्यले सहिद घोषणा गर्न ढिलाई गरेको बताउनु भएको छ ।
तुम्वाहाम्फेले स्वर्गिय दाहाललाई नेकपा एमालले सहिद घोषणा गरेपनि राज्यले नगरेको भन्दै सम्झना दाहाललाई सहिद घोषणा गर्न राज्यको आखाँ खुल्ने गरी दबाब सहितको पहल गरिने प्रतिबद्धता गर्नुभएको छ ।
सहिद सम्झना दाहाल स्मृती प्रतिष्ठान सिन्धुलीका अध्यक्ष तथा नाबालिका छोरी गुमाएका बाबु शेषराज दाहालले ३१ औँ बर्ष बितिसक्दा पनि राज्यले सहिद घोषणा नगरेको भन्दै गुनासो गरेका छन् ।
शान्तिपूर्ण आन्दोलनका क्रममा तत्कालिन सरकारले अन्धाधुन्ध गोली बर्साउँदा १४ बर्षीया नाबालिका छोरीले ज्यान गुमााएको भन्दै तत्कालिन प्रधानमन्त्री रहेका गिरिजा प्रसाद कोइरालाको पालादेखि हाल सम्म दबाब पुर्ण संघर्ष गरेपनि राज्यले वेवास्ता गरेको उहाँले बताउनु भयो ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य कमलजंग राई, उमा कोइराला एमाले बागमती प्रदेश कमिटी उपसचिव एवम् प्रचार विभाग प्रमुख भक्तकुमारी लामा, एमाले बागमती प्रदेश कमिटी सदस्यहरु प्रदीप कटुवाल, शान्तिमान कार्की र जिल्ला नेताहरुको उपस्थिति रहेको थियो ।