नेपालमा १८ वर्ष भन्दामुनिका किशोरीहरुको प्रजनन अण्ड खरिद गरि महगो मुल्यमा केही अस्पतालाले बिक्री गर्ने गरेको कुरा सार्वजनिक भएको छ । यस विषयमा मानव अधिकारको दृष्टीकोणमा गम्भिर अपराध मानिन्छ । यस सम्बन्धमा-अन्तर्राष्ट्रिय कानुनी प्रावधान:
क. बाल अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघको महासन्धि (CRC) नेपालले सन् १९९० मा यस महासन्धिमा हस्ताक्षर गरेको छ।
अनुच्छेद ३ : बालबालिकाको सर्वोत्तम हितलाई सबै कुरामा प्राथमिकतामा राख्नुपर्ने व्यवस्था छ।
अनुच्छेद ३४ : यौन शोषण र यौन व्यापारबाट संरक्षण गर्नु पर्छ।
अनुच्छेद ३६ : कुनै पनि प्रकारको शोषणबाट बालबालिकालाई बचाउनुपर्ने व्यवस्था गरेको छ।
ख. मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि (PALERMO PROTOCOL)मा के व्यवस्था छ ?
मानव अंग, कोष (gametes) वा बच्चाको अंशको व्यापार पनि मानव बेचबिखनमा पर्ने मानिन्छ, यदि जबर्जस्ती, धोका, लालच वा शोषण गरी गरिएको हो भने त्यो कानुनी अपराध हो।
२. नेपालको कानुनी व्यवस्थ: संविधान (२०७२)कस्तो व्यवस्था छ ?
धारा ३९ (१) : हरेक बालबालिकालाई शारीरिक, मानसिक, नैतिक वा यौन शोषणबाट संरक्षण गर्न पाउने अधिकारछ
धारा ४२ : सामाजिक न्यायमा महिला तथा बालबालिकालाई विशेष संरक्षण गरिनुपर्छ।
ख. बालबालिका ऐन, २०७५ कानुन आकर्सित हुन्छन।
१८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई ‘बालबालक’ मानिन्छ।
शोषणजन्य काम, जबर्जस्ती श्रम वा अंग व्यापार/कोष व्यापारमा प्रतिबन्ध छ।
कोही पनि व्यक्तिले बालबालिकालाई कुनै यौनजन्य प्रयोग गर्न वा अंग बेच्न बाध्य पार्न पाइदैन।
ग. मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४
धारा ३ मा मानव बेचबिखनमा अंग बेचबिखन पनि समावेश गरिएको छ।
दण्ड सजायं:
दोषीलाई १० देखि २० वर्षसम्म कैद र जरिवाना हुन सक्छ।
घ. स्वास्थ्य सेवा सम्बन्धी नीतिहरू कस्ता छन?
नेपालमा हाल ‘Surrogacy’ (किरायाँ गर्भ) सम्बन्धी स्पष्ट ऐन छैन, तर १८ वर्षमुनिका व्यक्तिहरूको gamete donation कुनैपनि अस्पतालले गर्न पाउँदैन। सबै Assisted Reproductive Technology (ART) सेवाहरूमा प्राय: वयस्क महिलाको स्वतन्त्र सहमति अनिवार्य हुन्छ।
३. निष्कर्ष
कानुनी रूपमा १८ वर्षभन्दा मुनिका किशोरीहरूबाट अण्डा निकालेर बेच्न/बेच्न दिनु गैरकानुनी हो। यसो गर्दा अन्तर्राष्ट्रिय सन्धि, नेपालको संविधान, बालबालिका ऐन र मानव बेचबिखन ऐन सबैतिरबाट गम्भीर अपराध मानिन्छ। यस्तो कार्यमा संलग्न चिकित्सक, अस्पताल, बिचौलिया वा जो कोही व्यक्तिलाई कडा कारवाही हुन्छ।










