नेपालमा बामपन्थीहरुको गठबन्धनः राष्ट्रपति रामचन्द्र पौडेलले गराए तीन मन्त्रीलाई शपथ

पश्चिमा प्रभावलाईलाई भत्काउँदै नेपालमा बनेको बामपन्थी एलायन्सका तर्फबाट पहिलो चरणमा तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराएका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । त्यस अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका हुन् ।

योसँगै राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् गठन गरी कार्यविभाजन पनि गरेका छन् । नयाँ कार्यविभाजन अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले सम्हालेका छन् ।

rr