निर्माण पुरा नहुँदै सिन्धुली अस्पताल भवन जिम्मा लिने तयारी

ठकेदार पक्षले आफ्नो जिम्मेवारी अनुसार काम पुरा नगर्दे सिन्धुलीको निर्माणाधिन अस्पताल भवन जिम्मा लगाउने तयारी गरेको छ ।
कुल २१ करोड ९८ लाख ३७ हजार ८ सय १३ मा भवन निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले गुरुयोजना अनुसार भवन निर्माण गर्न नसकेको हो । सिन्धुली अस्पतालले जग्गा उपलब्ध नगरान नसकेको भन्दै ठेकेदार पक्षले भवनसँग जोडिएका आवश्यक पूर्वाधार निर्माण गर्न नसकेको बताउँदै आएको छ । गुरुयोजना अनुसार भवन निर्माण नभएपनि ठेकेदार पक्षले अस्पताललाई भवन हस्तान्तरण गर्छौं भन्न थालेको व्यवस्थापन समितिका अध्यक्ष सतिश ढकालले जानकारी दिए ।
यहि माघ महिनामा अस्पतालको नवनिर्मित भवन हस्तान्तरण गर्ने भनिएको छ तर मिति भने यकिन भएको छैन, ढकालले भने । भवन लिफ्ट, सडक, पार्किङ र बगैंचा व्यवस्थापन सहितको सुविधा सम्पन्न भवन निर्माण गर्ने गुरुयोजनामा उल्लेख भएपनि सो अनुसार काम हुन नसकेको हो । अस्पताल अगाडिका पुराना सम्पूर्ण संरचना हटाई सुविधा सम्पन्न पार्किङ साथै बगैंचासहितको गुरुयोजना बनाउने भनिएपनि गठबन्धन सम्बद्ध दुई दलका दुई नेताका कारणले समस्या सिर्जना भएको आरोप लाग्न थालको छ । अस्पताल विकास समितिका अध्यक्षले पटक पटक गेट ठूलो बनाउन प्रयत्न गर्दा पनि दुई दलका जिल्ला प्रमुखकै कारणले व्यबस्थित गेट र अगाडिका पुराना संरचना हटाउन नसिकएको हो । ढकाल भन्छन्ः मैंले पटक पटक उहाँहरुलाई भेटेर अस्पताल स्टिमेट अनुसार बनाउन भनें तर मेरो अगाडि हुन्छ, पहल गरौंला भन्नुभयो तर व्यवहारमा त्यो कुरा लागु हुनै सकेन, त्यही कारणले अहिले अस्पतालको अगाडिको अबस्था राम्रो बनाउन सकिएन ।
राजनैतिक दलको असहयोगले आफ्नै जग्गाको स्वामित्व लिन नसक्दा गुरुयोजना अनुसार भवन निर्माण नभएको अध्यक्ष ढकालले स्वीकार गरे । उनले भनेः तत्कालीन अस्पताल व्यवस्थापन समितिले १५ वर्ष अगाडि नै व्यवसायिसँग २० वर्षका लागि सटर भाडामा दिने निर्णय बदर गर्न नसक्दा १२ मिटरको गेट साथै पार्किङ बनाउने गुरुयोजना कार्यान्वयनमा आउन नसकेको हो । (यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।)