पहिरोले रोकिएको सुनकोशी-मरिण डाइभर्सनको सुरूङ खन्ने काम सुचारू हुँदै

राष्ट्रिय गौरवको आयोजना सुनकोसी मरिण डाइभर्सनमा सुरुङ खन्ने क्रममा आएको पहिरोले पुरिएको टिविएम मेसिन विदेशी प्राविधिकहरुको सहयोगमा निकालिएको छ । सुरुङ खन्ने क्रममा पहिरोले मेसिनलाई थिचेपछि अमेरिकी कम्पनी रोविन्सका प्राविधिक, परामर्श दाताका विज्ञहरू, निर्माण व्यवसायी चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक), कन्सल्टेन्सीका प्राविधिक लगायतले मेसिनलाई निकालेर काम सुचारु गर्न लागिएको आयोजना प्रमुख मित्र बरालले बताए ।
आयोजनाद्धारा आयोजित नियमित पत्रकार भेटघाटमा आयोजना प्रमुख बरालले गएको पुस ९ गते देखी टिविएम मेसिन पहिरोका कारण जाममा परेको केही दिनपछि काम सुचारु हुने जानकारी दिएका थिए ।
आयोजनाको प्रगति विवरण वारे जानकारी दिंदै उनले हाल सम्म १० हजार ५४४ मिटर सुरुङ खनिएको र अबको केही दिन पछि टिबिएम मेसिन सुचारु हुने बताए । उनले
टिविएम मेसिनमा पहेंलो हिलो, लेदो माटो र पानी आएर अवरोध गरेपछि त्यसलाई केमिकल प्रयोग गरेर कडा बनाई निकास खोजेका थियौ तर पुरै पाउडर जस्तो माटो खन्दै नखनेको क्षेत्रबाट आएपछि टनेल बोरिङ मेसिन अगाडि बढ्न सकेन बरालले आफ्नो कुरा यसरी राखेका थिए ।
कन्सल्ट्यान्ट, भुगर्भविद, निर्माण व्यवसायीका प्राविधिक र आयोजनाका प्राविधिक सबै लागि परेर बाइपासको तयार गरि काम भइरहेको छ र मेसिन संचालन गर्न अन्तर्राष्ट्रिय विज्ञ समेत झिकाउनु परेको उनको भनाई छ ।
मेसिनको अगाडि पुरिएको भागलाई काटेर पुनः कटर जडान गरी बाइपासबाट सुरुङ खन्नुपर्ने र लामो क्षेत्रफलमा जमिन बग्ने समस्या रहेको छ । लामो प्रयास प छि अबको केही दिनमा मेसिन सुचारु गर्न सकिने आशा रहेको उनले बताए ।
सुनकोशीको ड्याम निर्माण क्षेत्रमा अहिले भएको काम गराईले ढिलाई उत्पन्न गराएको बताउँदै आयोजनाको पा्रगति विवरण अनुसार अहिलेसम्म ८८ प्रतिशत कामको प्रगति भइसकेको पत्रकारहरुलाई जानकारी गराइएको थियो
स्मरणीय छः उक्त आयोजनाको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियानका क्रममा सुनकोशी आइपुगेका अध्यक्ष ओलीले आफ्नो सरकारले अगाडि बढाएको गौरवको आयोजनाको प्रगतिवारे जानकारी लिने र अबस्थाको अबलोकन गरेका थिए ।

यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ प्रकाशन गरेको छ ।