आगामी बजेटमा कर सहुलियत कार्यक्रम ल्याउने : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटबाट कर सहुलियतको ब्यवस्था गरिने बताएका छन्। आगामी बजेटका सिद्धान्तहरु सार्वजनिक गर्दै उनले अर्थतन्त्र पुनरुत्थानका लागि कर सहुलियत कार्यक्रम ल्याउने बताएका हुन् ।

आज संसदको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. खतिवडाले आर्थिक वृद्धि र क्रियाकलाप बढाउन मौद्रिक सहयता पनि उपलब्ध गराउने बताएका छन्। 

उनले मूल्यवृद्धिलाई वान्छित सीमाभित्र राखिने समेत बताए। दीगो र उच्च आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट तर्जुमा गरिने बताए। उनले आउँदो जेठ १५ गते बजेट ल्याउँदैछन्।

बजेट ल्याउनुअघि उनले बजेटको प्राथमिकता र सिद्धान्तका बारेमा संसदलाई जानकारी गराएका हुन्। उनले यसपाली स्वास्थ्य पूर्वाधारमा लगानी बढाउने बताए भने स्वास्थ्य बीमालाई बिस्तार गरिने पनि बताए।