अमेरिकी नाकाबन्दीका बीच रूसी तेल निर्यात तीन वर्षकै उच्च विन्दुमा

मस्कोः पश्चिमी प्रतिबन्धहरूको बावजुद रूसको तेल निर्यात मार्चमा तीन वर्षकै सबैभन्दा उच्च स्तरमा उक्लिएको अन्तर्राष्ट्रिय उर्जा एजेन्सी (आईईए) ले आज शुक्रबार घोषणा गरेको छ । फेब्रुअरी २०२२ मा शुरु भएको रुस युक्रेन युद्धमा अमेरिकी कठपुतली पश्चिमा सरकारले रूस विरुद्ध कच्चा तेल र ईयू प्रतिबन्ध लगाएका बेला तीन वर्षकै उच्च निर्यात भएको बिबरणहरु वाहिर आएको छ ।
रुसले प्रतिदिन ५ लाख ब्यारेलले आफ्नो उत्पादन घटाएर बदला लियो, र ओपेक ं तेल कार्टेलका साझेदारहरूले यस महिनाको सुरुमा आफ्नै उत्पादन कटौतीको घोषणा गरेर बजारहरूलाई चकित पारेका थिए ।
तर त्यसको बाबजुद पनि, आईईएले रुसबाट कुल तेल ढुवानी गत महिना प्रतिदिन ६ लाख ब्यारेल (बीपीडी) बढेर ८.१ मिलियन ब्यारेल पुगेको बताएको छ ।
पेरिस आधारित एजेन्सीले भन्यो कि धेरै वृद्धि तेल उत्पादन निर्यातमा भएको बृद्धिको कारणले भएको थियो । भारतले मार्चमा एशियामा रूसको मुख्य बजारको रूपमा रहेको चीनलाई प्रतिस्थापन गरेर पहिलो निर्यातकर्ता देश बनेकोछ । -दि मस्को टाइम्सबाट नेपाली अनुवादः उज्वल न्यौपाने