कपिलाकोट, सिन्धुली: सत्तारुढ नेपाली कांग्रेस सिन्धुली सम्बद्ध सैयौं नेता कार्यकर्ताहरु आज एक कार्यक्रमका बीच एमालेमा प्रवेश गरेकाछन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले मरिण पालिका कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेसका सैयौं नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेकाहुन् ।
नयाँ बर्ष २०८० को उपलक्ष्यमा ओजना गरिएको शुभकामना आदानप्रदान र दिवा भोजको कार्यक्रममा नेपाली काग्रेस मरिण गाउँ कमिटी तथा प्रदेश कमिटी का सयौं नेता कार्यकर्ता नेकपा एमाले मा प्रबेश गरेका हुन् ।
यस अगाडि नेपाल कांग्रेस मरिण पालिका कमिटीमा रहेका ५३ जना नेताहरुले जिल्ला पार्टी सभापति समक्ष संयुक्त राजिनामा पत्र बुझाएका थिए ।
नेपाली कांग्रेस प्रदेश २ (ख) का क्षेत्रीय उपसभापति रामबहादुर कार्कीको नेतृत्वमा सैयौं नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । एमाले बागमती प्रदेश कमिटी सदस्य खड्गवहादुर खत्रीले नवप्रवेशीहरुलाई एमालेमा स्वागत गरेका थिए । कार्यक्रमलाई सम्वोधनगर्दै नवप्रवेशी कार्कीले नेपाली कांग्रेसले विचार र सिद्धान्त भुलेको र वर्ग चरित्र नमिल्ने अपराधिक जत्थालाई बोकेर हिंडेपछि मरिणका कांग्रेस नेता कार्यकर्ताहरुले पार्टी परित्याग गर्न बाध्य भएको बताए । उनलेआउँदो स्थानीय निर्वाचनमा आगामी नेपाली कांग्रेसले वडा सदस्य समेत को उम्मेदवार नपाउने उद्घोष पनि गरेका थिए ।

कांग्रेस परित्याग गरेर एमाले प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई जिल्ला अध्यक्ष रामकुमार कार्कीले एमालेका सदस्यता पत्र प्रदान गरेका थिए । मरिण पालिका कमिटी अध्यक्ष गोपाल बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा रामकुमार पौडेल, गोविन्दलाल माझी, गणेश बुढाथोकी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।


-बासु मैनाली











