दाहाल प्रतिष्ठान दुधौलीको अध्यक्षमा लेखराज सर्वसम्मत (फोटोसहित)

सिन्धुलीः दाहाल प्रतिष्ठान दुधौली शाखा समितिको आज भएको प्रथम अधिवेशनले लेखराज दाहालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्णमायाँ दाहाल, सचिवमा मोहनचन्द्र दाहाल, सहससचिव निर्मला दाहाल र कोषाध्यक्षमा शंभु दाहाललाई सर्वसम्मत रुपमा चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा उत्तम दाहाल, ठाकुरप्रसाद दाहाल, गुरु प्रसाद दाहाल, कमल दाहाल, कमला दाहाल, शान्ति दाहाल र सिताराम दाहाललगायत रहेको दाहाल प्रतिष्ठान सिन्धुलीका सचिव चिरिन्जीबी दाहालले जानकारी दिए ।

No description available.
कार्यक्रमलाई सम्बोधनगर्दै दाहाल प्रतिष्ठानका केन्द्रीय सदस्य प्रेम दाहाल । फोटोः दाहाल प्रतिष्ठान, दुधौली

जिल्ला सचिव चिरिन्जीबी दाहालले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य प्रेम दाहाल, बागमती प्रदेश कमिटी उपाध्यक्ष शंभुप्रसाद दाहाल, बागमती प्रदेश कमिटी सदस्य तुलसा दाहाल, जिल्ला अध्यक्ष धुर्वप्रसाद दाहाल, सल्लाहकार विष्णु दाहाललगायतले सम्बोधन गरेका थिए ।

No description available.

कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्वोधनगर्दै प्रेम दाहालले भातृत्वको रक्षाका लागि दाहाल बन्धुहरुको आन्तरिक एकता अनिवार्य भएको बताउँदै दुःख र सुखमा आफ्नो दाजुभाईहरु एक जुट हुनुपर्ने बताए । त्यसैगरी बागमती प्रदेश कमिटी उपाध्यक्ष शंभु दाहालले दाहालको उत्पति, विकास र अहिलेको अबस्थाका वारेमा प्रशिक्षणात्म मन्तव्य दिएका थिए ।

No description available.
कार्यक्रमलाई सम्बोधनगर्दै दाहाल प्रतिष्ठानका बागमती प्रदेश कमिटी उपाध्यक्ष शंभुप्रसाद दाहाल । फोटोः दाहाल प्रतिष्ठान, दुधौली

दुधौली नगरपालिका वडा नंं ८ का वडाध्यक्ष राजन दाहालले दाहाल प्रतिष्ठानको भवन बनाउन आफुले सक्दो सहयोग गर्ने उद्घोष गरेका थिए ।

No description available.
कार्यक्रमलाई सम्बोधनगर्दै दुधौली नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राजन दाहाल । फोटोः दाहाल प्रतिष्ठान, दुधौली
No description available.
No description available.
कार्यक्रम सञ्चालनगर्दै प्रतिष्ठानका जिल्ला सचिव चिरिन्जीवी दाहाल । फोटोः दाहाल प्रतिष्ठान, दुधौली
No description available.