सिन्धुली/निकै लामो रस्साकस्सीपछि हिजो मंगलबार देखी सिन्धुली अस्पतालको आइसोलेसन कक्षमा डाईलोसिस सेवा सुरु भएको छ । मिर्गौलाका बिमारीहरुले गर्ने डाईलासिस उपचार सिन्धुली अस्पतालमा सुरु भएको सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उमेस प्रधानले जानकारी दिएका हुन् ।
नेकपा एमाले नेता डोरमणी पौडेल नेतृत्वको बागमती प्रदेश सरकारले सिन्धुली अस्पताल सिन्धुलीलाई पाँच वटा डाईलोसिस गर्ने मेसिन दिए पछी डाईलोसिस उपचार सेवासुरु गरिएको प्रधानको भनाई थियो ।
डाईलासिस उपचार सेवाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कमलामाई नगरपालिका प्रमुख उपेन्द्र पोखरेलले सिन्धुली अस्पतालमै डाईलोसिस सेवा उपलब्ध हुँदा मिर्गौलाका बिमारीहरुले धेरै पैसा खर्चगरेर राजधानी लगायतका बाहिरी जिल्ला जानु पर्ने बाध्यता समाप्त भएको बताउनुभयो ।
यस्तै सिन्धुली अस्पतालका ब्यवस्थापन समिती अध्यक्ष सतिस चन्द्र ढकालले डाईलोसिस उपचार सेवालाई ब्यवस्थापन क्षेत्रमा केही कमिकमजोरी हुन नदिई नागरिकहरुमा गुणस्तरिय सेवा प्रवाह गर्ने घोषणा गरेका थिए ।
सुरु भएको डाईलोसिस सेवाबाट सिन्धुली जिल्लासँगै छिमेकी जिल्लाका नागरिकले पनि निःसुल्क सेवा लिन सक्ने छन् । अस्पतालमा जडान गरिएको पाँच वडा डाईलासिस गर्ने मेसिनले दैनिक १५ जना विरामीहरु लाभान्वित हुने मेडिकल सुपरिटेन्डेन्ट डा. उमेस प्रधानले सन्देश जनप्रियलाई बताउनुभयो ।
स्मरणीय छ सिन्धुली अस्पताको गुणस्तरीेय सेवा विस्तारका लागि तत्कालिन अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलले निकै ठूलो मेहनत गरेको अस्पातल प्रशासनलेनैं बताउने गरेको छ ।