सिन्धुली/श्रमजिवी पत्रकारहरुको अग्रणी संस्था प्रेस चौतारी नेपाल सिन्धुलीले आफ्नो स्थापनाको २५ औं वर्षगाँठ मनाएको छ । चौतारीले स्थापनाको अवसरमा सिन्धुली व्लड बैंकमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य एबम् सिन्धुली जिल्ला इन्चार्ज प्रेम दाहालको प्रमुख आतिथ्यता र नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य खड्ग खत्रीको विशिष्ठ आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी रक्तदान गरेका थियो ।
जिल्ला अध्यक्ष विनय दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेक्रस सोसाइटी सिन्धुली शाखाको प्राविधिक सहयोग रक्त सञ्चार केन्द्रले उपलव्ध गराएको थियो । कार्यक्रममा पत्रकारसहित १० जनाले रक्तादान गरेका थिए ।
उक्त अवसरमा प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज प्रेम दाहाल, नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य खड्ग खत्री, नेपाल पत्रकार महासंघ सिन्धुली शाखा अध्यक्ष कृष्णहरी घिमिरे, प्रेस चौतारी नेपाल बागमती प्रदेश सचिव विदुर पौडेल, प्रेस सेन्टर सिन्धुलीका अध्यक्ष नवीन श्रेष्ठ, पत्रकार महासंघ सिन्धुलीका पुर्व अध्यक्ष द्वारिका काफ्ले, न्युनतम पारिश्रमिक निर्धारण समिति सदस्य विमला पाण्डे, महासंघका उपसभापति टिकाजंग थापालगायत पत्रकार, विद्यार्थी र युवाहरूको सहभागिता रहेको थियो ।
प्रेस चौतारी नेपाल स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ । विसं २०५५ मङसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । कार्यक्रमपछि संक्षिप्त मन्तव्य दिंदै प्रमुख अतिथि दाहालले श्रमजिवी सञ्चार मजदुरको समस्या जटिल बन्दै गइरहेको र उनीहरु मिडिया हाउसबाट ज्याला नपाउने अबस्थामा पुगेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयोः एकातिर मिडिया हाउसहरुले सरकारले तोकेको न्यूनतम् ज्याला दिएको छैन भने अर्कातिर दिने भनेको ज्याला पनि नदिएको महिनौं भएकोछ, यस्तो अबस्थामा सञ्चार सम्बद्ध मिडियाकर्मी संस्थाहरु एक भएर आवाज उठाउने बेला भएको छ । कार्यक्रममा प्रेस चौतारी नेपाल अनुशासन आयोगका पूर्व अध्यक्ष द्धवारिका काफ्लेले पनि आफ्नो भनाई राख्नुभएको थियो ।










