नगर प्रमुखले गरे शिक्षा प्रमुखलाई र्दुव्यवहार

कमलामाई नगरपालिकाका नगर शिक्षा अधिकारी शंकर लुईटेलमाथी नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले गालिगलोज र दुव्र्यवहार गरेका भन्दै विभिन्न पेशा गत संघ संगठनहरुले त्यसको भत्र्सना गरेको छ ।
मंसिर १३ गते मंगलबार आफ्नै कार्यकक्षमा बसेर काम गरी रहेका लुईटेललाई कार्यकक्षमा नै पुगेर गालिगलोज र दुव्र्यवहार गरेको भन्दै विभिन्न ६ वटा पेशागत संघसंगठनहरुले संयुक्त विज्ञप्ती मार्फत उक्त घट्नाको भत्र्सना गरेका छन ।
नगरप्रमुख जस्तो गरिमामय पदमा बसेर यस्तो व्यावहार गरेको भन्दै कर्मचारीका संघसंगठनहरुले नगरप्रमुख जस्तो पदमा बसेर गरेको यो कार्यको कर्मचारीहरुलाई भयरहित र विभेद रहित काम गर्ने वातावरण नभएको विज्ञप्तीमा भनिएको छ ।
नगरप्रमुखले कर्मचारीहरुलाई विभेद गरी संवादको विकल्प हुदाँ हुदैँ पनि गालिगलोज र र्दुव्यवहार जस्तो कार्यमा उत्रिनुले पदिय मर्यादा र कर्मचारी आतंकित पार्ने कार्य तत्काल रोकी भयरहित र विभेद रहित तरिकाबाट काम गर्ने वातावरण मिलाउन विज्ञप्तीमा माग गरिएको छ ।