फिक्कल गाउँपालिकाका ३ सय युवालाई सहुलियत कर्जा प्रवाह गर्न प्रभु–सिद्धार्थ बैंक र पालिका बीच संझौतापत्रमा हस्ताक्षर

सिन्धुली/फिक्कल गाउँपालिका भित्रका ३ सय वेरोजगार युवाहरुलाई लक्षितगर्दै उद्यमशिलता कार्यक्रम अन्र्तगत सहुलियत कर्जा प्रवाह गर्न सिन्धुलीका २ बैंक र गाउँपालिका बीच आज संझौतापत्रमा हस्ताक्षर भएको छ ।
आज आयोजित एक कार्यक्रमका बीच प्रभु तथा सिद्धार्थ बैंकका अधिकारी र गाउँपालिका अध्यक्ष पार्वती सुनुवारबीच आज सहुलियत कर्जा प्रबाहका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो । पालिकामा आगामी ५ वर्षसम्मका लागि यो संझौता कायम रहने प्रमुख प्रशासकिय अधिकृत शिवहरी दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार गैर सरकारी संस्था सामूहिक सरोकार समाजले सञ्चालन गर्ने हेफर प्रोजेक्ट अन्र्तगतका कार्यक्रतर्फ यो संझौता केन्द्रीत रहेको छ ।
कार्यक्रममा फिक्कल गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधि, कर्मचारीहरु, सिदार्थ बैंक र प्रभु बैंकका कर्मचारीहरु सहभागी हुनुहुन्थ्यो । – फोटो: नवराज पहाडी/सिसिएस

May be an image of 8 people and people sitting
May be an image of 3 people and people standing
May be an image of 7 people and people standing