माओवादी केन्द्रले संघीय क्षेत्र नं. २ को प्रदेशसभा ख मा लोकप्रिय युवा नेता प्रकाश श्रेष्ठलाई उम्मेदवार नबनाएपछि स्थानीय नेता कार्यकर्ताहरुको आक्रोस चुलिएको छ ।
माओवादी केन्द्रले माओवादी जनयुद्धका बेलादेखी निरन्तर पार्टीमा सक्रिय रहेका नेता श्रेष्ठलाई उम्मेदवार नबनाई गंगानारायण श्रेष्ठलाई बनाएपछि सिन्धुली एमाओवादीमा चरम अन्तरसंघर्ष चर्केको छ । बाबुराम भट्टराईको लोसपाको कोटाबाट एमाओवादीको चुनाब चिन्हमा प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका श्रेष्ठलाई अस्वीकारगर्दै सामाजिक सञ्जालमा माओवादी कार्यकर्ताहरुले आक्रोस पोखिरहेका छन् । माओवादी परित्यागगरी फेरी माओवादीकै चुनाब चिन्हमा उम्मेदवार बन्न आएका श्रेष्ठप्रति टिप्पणीगर्दै प्रकाश श्रेष्ठले फेसबुकमा लेखेका छन्: भड्किएको आत्माहरुबाट न त जनताको अपेक्षा पुरा हुन्छ, नत पार्टी निर्माण हुन्छ । नत परिर्वतन र प्रगतिको काम हुन्छ । केबल यथास्थिति, दक्षिणपन्थी हाबी हुने र अबसरवादले डेरा जमाउने छ ।
निकै तामझामसहित उम्मेदवारी दर्ता गराउन पुगेका गठबन्धन दलका उम्मेदवारहरु मध्ये सामाजिक सञ्जालमा आलोचना खेप्ने उम्मेदवारमा गंगानारायण अग्र पंक्तिमा छन् ।
समाचार स्रोतका अनुसार प्रकाश श्रेष्ठलाई एमाओवादीको मरिण, ध्यांगलेख र हरिहरपुरगढी पालिका कमिटीका पदाधिकारीहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउन दबाब दिएका थिए । श्रेष्ठले उम्मेदवारी दर्ता गराएर निर्वाचन जितिन्छ भन्ने पक्षमा रहेपनि पार्टी निर्णय बाहिर गएर उम्मेदवारी नदिएपछि अहिले स्थानीय नेता कार्यकर्ताको आक्रोस थेग्न नसकेपछि सिन्धुलीनैं छोडेका छन् ।
गुटगत राजनीतिका चतुर खेलाडी मानिएका गंगानारायणको माओवादी पुर्न इन्ट्रीको ढोका बन्द गर्नुपर्छ भन्ने पक्षमा सिन्धुलीका एमाओवादीका अधिकांश नेता कार्यकर्ता रहेका छन् । त्यही कुरा एमाओवादी कार्यालयमा भएको श्रेष्ठसँगको छलफलमा पनि देखिएको थियो । जिल्ला पार्टी इन्चार्ज एवम् प्रतिनिधीसभा सदस्य उम्मेदवार राजन दाहालले पार्टीले उम्मेदवार बनाईसकेपछि हामी सबैले स्वीकार गरेर अगाडि बढाउनु पर्छ भन्ने कुरालाई दिर्घराज श्रेष्ठलगायतका नेताले अस्वीकार गरेका थिए । श्रेष्ठले गंगानारायणलाई भनेका थिए, हामी सहयोग होइन, हराउने छौं । उम्मेदवार प्रकरणलाई लिएर एमाओवादी भित्र सल्केको आगो अहिले भित्र भित्रै दन्किरहेको छ ।
यो समाचार आजको सन्देश जनप्रिय साप्ताहिकले प्रमुखताका साथ छापेको छ ।