नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट प्रतिनिधीसभा क्षेत्र नं. २ को सदस्य उम्मेदवार मनोजजंग थापाले स्थानीय पार्टी कमिटीमा आवद्ध नेता कार्यकर्ताहरुलाई निर्वाचनका बेला झुट्ठा आश्वासनहरु नबाँढ्न र जनताको मन नदुखाउन सुझाब दिनुभएको छ ।
मरिण गाउँपालिकाको विभिन्न वडा कमिटीहरुको बैठकलाई प्रमुख अतिथीका रुपमा सम्वोधनगर्दै उक्त सुझाव दिनुभएको हो । उहाँले हामीहरु सत्यसँग झुक्ने र असत्यहरुसँग कहिल्यै नझुक्ने र उनीहरुको डटेर मुकाबिला गर्ने अबस्था आएको छ, अहिले जनताको घर दैलोमा पुगेर असत्य कुरा गर्नेहरुको लर्को आउँदैछ, उनीहरुको भण्डाफोर गर्नु पर्छ । हामी जनतालाई कहिल्यै झुक्याउँदैनौं र झुक्किदैनौं पनि, उहाँले अगाडि भन्नुभयो । हामी जे बोल्छौं, त्यो गरेर देखाउँछौं, विगतमा मरिण क्षेत्रबाट थुप्रै जितेर गए, तर उनीहरुलाई मरिण क्षेत्रका जनतालाई पटक पटक झुक्याए, यस पटक उहाँहरु झुक्किनुहुन्न । यहाँबाट जितेर गएकाहरु सांसदहरु मन्त्री पनि भए तर यस क्षेत्रको विकासका लागि उनीहरुले कहिल्यै पनि चासो दिएनन् ।
केपी ओलीले भारतले गरेको नाकाबन्दीको प्रतिरोध गरेपछि त्यसैबेला घोषणा गर्नुभएको थियो, पूर्व पश्चिम राजमार्ग बनाउने भनेर । उहाँले जे बोल्नुभयो, त्यो मदन भण्डारी राजमार्ग र सुनकोशी मरिण डाइभर्सन बनाएर बोलेको कुरा पुरा गर्नुभयो । त्यसैले असत्यसँग नझुक्ने सँधै सत्यको पक्षमा निरन्तर लागिरहने एमालेका उम्मेदवारलाई विजयी गराउनका लागि पार्टीका काम कारबाही अगाडि बढाउन निर्देशन पनि दिनुभयो ।

एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका उम्मेदवार थापाले भन्नुभयो: केपी ओलीकै पालामा राजमार्ग र सुनकोशी मरिण डाइभर्सनको काम भयो, भारतीय नाकाबन्दीको डटेर सामाना गरियो, तर गठबन्धन सरकारले भारतीय स्वार्थ अनुसार नागरिकता विधेयक ल्याएर नेपाली जनामाथि घात गरेको बताउनुभयो ।