नेपाल कम्युनिष्ट पार्टी एमाले संघीय निर्वाचन क्षेत्र नं. २ प्रदेशसभा ख का उम्मेदवार रामकुमार पौडेलले विगतका यस क्षेत्रका जनताले पठाएका सांसदहरु शासक बने, सेवक बनेनन् त्यसैले मरिणको विकास पछाडि परेको बताउनुभयो । मरिण क्षेत्रमा केपी ओली नेतृत्वको सरकारले मदन भण्डारी राजमार्ग नबनाएको भए यहाँका जनताको जीवनस्तरमा कुनै परिवर्तन आउने थिएन, असत्यसँग नडग्ने अडान भएका कारण मरिणका जनताले आउँदो मंसिर ४ गतेको निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्ने बताउनुभयो । हामीले यस क्षेत्रबाट धेरैलाई सांसद बनाएर पठायौं तर उहाँहरु सबैले तीनवटै पालिका मरिण, हरिहरपुरगढी र ध्यांगलेखका जनतालाई झुक्याउनुभएको छ । त्यसैले अब पुरानालाई होइन, नयाँ उम्मेदवारलाई खोज्ने बेला आएको छ, उहाँले अगाडि भन्नुभयो ।
मरिण क्षेत्रलाई कम्युनिष्टको आधारभूमि बनाउन र त्यहाँका जनताका समस्यासँग दैनिक रुपमा जोडिएका इमान्दार कम्युनिष्ट नेता उम्मेदवार भएकाले पनि यस क्षेत्रका जनताहरु उत्साहित भएकाछन् । पौडेल अगाडि भन्नुहुन्छ, हामी जनताका शासक बनन्का लागि उम्मेदवार भएका होइन, सेवक हौं । राजनीति कुनै पेशा व्यवसाय होइन, यो विशुद्ध समाज सेवा हो भन्ने तथ्यलाई हामी स्थापित गराउने छौं, पौडेलले भन्नुभयो ।
स्मरणीय छ, विगतमा माओवादीबाट विजयी बनेका सांसदहरु जनताको सेवक होइन, शासक बनेको तथ्य बाहिर आएको थियो । यसै क्षेत्रका एमाओवादी उम्मेदवार बन्नुभएका नेता राजन दाहालले जनताको सेवक बन्न पठाएका साथीहरु शासक बनेको र पार्टी कमजोर बन्दै गरेको जियकिल्ला टिभिसँगको एक कुराकानीमा केही समय अगाडि खुलासा गर्नुभएको थियो ।