आश्विन शुक्ल प्रतिप्रदाको दिन जमरा राखी नवमीसम्म नवरात्र बिधिले हरेक दिन फरक फरक देविहरुको क्रमश: पूजा गर्दै चण्डी पाठगर्दै नवदुर्गा, त्रिशक्ती, महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा र आरधना गरिन्छ ।
विजया दशमीको दिन भगवतीले दानवी शक्ति माथी र रामले रावण माथी विजय हाँसिल गरेको उपलक्ष्य र खुशियालिमा नव दुर्गा भगवतीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने हाम्रो साँस्कृतिक चलन रही आएकोछ । दशमिको दिन यस पर्वको प्रमुख दिन भनिन्छ । यसै दिन भगवान रामले रावणको बध गरेका थिए । यसलाइ असत्यमाथी सत्यको विजयको रुपमा लिइन्छ ,त्यसैले यसलाई विजया दशमी भनिएको हो । यो पर्वमा पुर्णिमाको दिनसम्म टीका जमरा लगाईन्छ । आफ्ना नाता कुटुम्ब, ठुला बडा,र मान्यजनबाट टीका तथा जमरा लगाइ आशिर्वाद प्राप्त गर्ने ,र आ–आफ्नो गक्ष्य अनुसार नया कपडा लगाउने, मीठो मीठो खाने खुवाउने,घर आँगन , बाटो घाटो गाउँ बस्ती सफा सुग्घर राख्ने चलन छ । घर परिवारबाट टाढा भएका परिवारका सदस्यहरु पनि बडादशैको उपलक्ष्यमा आफ्नै घरमा जम्मा भई रमाइलो सँग लिङ्गे ,रोटे पिङ्ग खेल्दै उल्लासका साथ चाड मनाउने चलन उहिले देखिनैं चली आएको हो । यो एउटा हिन्दु नेपालीहरुको सँस्कृती झल्काउने महान पर्वको रुपमा लिइन्छ ।
बडा दशैं एउटा सँस्कृती झल्काउने रमाइलो चाडभै कन पनि, पछिल्लो समय भने ज्यादै तडक भडक र भड्किलो पर्वको रुपमा स्थापित हुँदै गई रहेको तपाईं हामिले महसुसगर्दै आएका छौं । पर्वको नाममा ठुल्ठुला स्वरमा माइक फिट गरेर कयांै ठाउमा ध्वनी प्रदुषण भई रहेको पाइन्छ ।
पर्वकै नाममा खुशियाली मनाउने क्रममा कयौ व्यक्तिहरु मादक पदार्थ सेवन गरि सवारी चलाउँदा दुर्घटनामा परि लाउँ लाउँ र खाउँ खाउँ भन्ने समयमा ज्यान गुमाउनु परेको छ भने कयौं घाइते अपांग भएर बिस्तरामै थलिनुपरेको पिडादायी तथ्य निकै ह्दयविदारक छ ।
मादक पदार्थ सेवनकै कारण धेरैठाउमा आफन्त आफन्त बीच झै झगडा भई ज्यानसमेत गएको घटनाहरु हाम्रा आँखा अगाडि छन्, धेरै आपराधिक क्रियाकलापमा पनि यसकै कारण केही व्यक्तिहरु उद्दत भएको पाइन्छ ।
अर्को तर्फ यो चाड क्रमिक रुपमा भड्किलो बन्दै गैरहेको छ । सबै नेपालिहरुको हैसियत एकै नासको छैन, कोहि उच्च वर्ग, कोहि मध्यम र कोहि निम्न बर्गका छन जस्ले गर्दा चाड पर्वको उपलक्ष्यमा प्रतिस्पर्धात्मक शैलिमा गरगहना, लत्ता कपडा र अन्य बिबिध बस्तुहरु खरिद गर्ने क्रममा छिमेकमा भएको उच्च वर्गको घरानामा भित्र्याइएको देख्दा निम्न वर्गका अथवा भनौ सर्वहारा श्रमिक वर्गका परिवारहरुमा पनि त्यो अपेक्षतामा हुँदो रहेछ, जसका कारण घर झगडामा परिणत हुने र कयौं ठाउँमा घरमुलीले आत्माहत्या गर्न समेत बाध्य हुनुपर्ने हुनाले, पनि गाउँ समाजमा यो भड्किलो दशैले ठुलै प्रभाव पारेको तथ्यहरु हामी सँग प्रसस्तै छन् ।
त्यसैले नेपालीहरुको महान चाड दशै ,सबै नेपालीहरुले आफ्नो मौलिक परम्परा र सँस्कृती जोगाई राख्न सक्नेगरी धनी देखि गरिव सबैको घर आँगनमा पुग्न सक्नेगरी तडक भडक नगरी मायाँ प्रेम सद्भाव, सबैको मन मस्तिष्कमा छिर्न सक्ने गरि मनाउन सकियोस् र व्यबस्थापकीय पक्षयले पनि यसमा ध्यान दिइयोस् । बडा दशै २०७९ को सम्पुर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना ।-सन्देश जनप्रिय साप्ताहिकमा यो सामाग्री प्रकाशन भएको छ ।