उत्तर कोरियाली सर्बोच्च नेता किम सार्वजनिक, रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन

उत्तर सर्बोच्च नेता किम जोङ–उन २० दिनपछि पहिलोपटक सार्वजनिक रुपमा देखिएका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा प्रस्तुत भएका हुन् ।

समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन्।

नेता किम उपस्थित हुँदा उद्योगका मानिसहरु अति उत्साहित भएको केसिएनएले उल्लेख गरेको छ।

कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) का अनुसार उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएका हुन् । प्योङ्गको उत्तरमा रहेको उद्योगको उनले उद्घाटन गरेको केसिएनएले उल्लेख गरेको छ ।

North Korean leader Kim Jong Un pictured on December 4, 2019. The trip by the Chinese doctors and officials comes amid conflicting reports about the health of the North Korean leader

नेता किम अप्रिल १२ यता पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएको ठानिएको छ । त्यसयता नदेखिएपछि उनी गम्भीर बिरामी परेको हुन सक्ने भन्दै विश्वव्यापी चासो बढेको छ ।

तर दक्षिण कोरियाका अधिकारीहरुले भने नेता किमको स्वास्थ्यका बारेमा आएका खबरहरु सत्य नरहेको र उनी ‘जीवित र स्वस्थ’ रहेको बताएका थिए ।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किमले उद्योग उद्घाटन गर्ने क्रममा रिबन काट्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको छ । तर केसिएनएको दाबी तथा उसले सार्वजनिक गरेको तस्बिरको स्वतन्त्र रुपमा पुष्टि भने हुन सकेको छैन ।

North Korean leader Kim Jong Un walks with his wife Ri Sol Ju at Pyongyang Station in Pyongyang, North Korea, in January last year. An official familiar with US intelligence said Kim was known to have health problems but they had no reason to conclude he was seriously ill or unable eventually to reappear in public

नेता किम सार्वजनिक कार्यक्रममा उपस्थित भएको भन्ने खबरबारे पत्रकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिक्रिया मागेका थिए । ट्रम्पले सो विषयमा टिप्पणी गर्न नचाहने बताए । राष्ट्रपति ट्रम्पले गएको सोमबार किमको अवस्थाबारे आफूलाई स्पष्ट जानकारी रहेको तर त्यसबारे नबताउने भनेका थिए । ट्रम्पले उनका लागि कामना भने गर्ने बताएका थिए ।

नेता किम अप्रिल १५ मा हजुरबुवा (उत्तर कोरियाका संस्थापक) किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका थिए । नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका थिएनन् ।

त्यसयता किमको स्वास्थ्य अवस्थालाई लिएर पुष्टि नभएका विभिन्न खबरहरु आइरहेका छन् । कतिले उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्नेसम्म दाबी गरेका छन् ।

पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन्। उनी तेस्रो पुस्ताका शासक हुन् ।

US President Donald Trump and North Korea's leader Kim Jong-un stand on North Korean soil while walking to South Korea in the Demilitarized Zone on June 30, 2019