बिवादास्पद एसपिपीबारे जवाफ दिन संसदीय समितिले प्रधान सेनापति शर्मालाई बोलायो

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिवादास्पद स्टेट पार्टनरसिप प्रोग्राम ९एसपिपी० का विषयमा जवाफ दिन नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई बोलाएको छ।
अमेरिकी दूतावासले नेपालले एसपिपीमा सहभागी हुन दुईपटक अनुरोध गरेको उल्लेख गरे पनि बुधबार नेपाली सेनाले एक विज्ञप्ति जारी गरी एसपिपीबारे कुनै सम्झौता वा समझदारी नभएको दाबी गरेको थियो। यद्यपि ७ वर्षअघि नेपाली सेनाका तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले सरकारको अनुमति अनुसार एसपिपीमा सहभागी हुन अमेरिकालाई अनुरोध गरी पत्र पठाएको बिहीबार सार्वजनिक भएको छ।
पत्र सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति शर्मालाई शुक्रबार ९ बजे बोलाएको हो। बैठकमा प्रधानसेनापति शर्मासँगै परारष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल र रक्षा सचिव, किरणराज शर्मालाई समेत बोलाइएको छ।