सिन्धुलीका नौ वटै स्थानिय तहको निर्वाचन परिणाम सार्वजनिक भए पछि माओवादी केन्द्रका नेता हरिवोल गजुरेलसँगै कमलामाई नगरपालीकामा माओवादी केन्द्रको तर्फवाट उपमेयर पदमा उम्मेदवारी दिएका दिर्घराज श्रेष्ठ सहितको टोली मुडफ्रेस गर्न भन्दै दार्जिलिङ पुगेको समाचार माओवादी संवद्ध अनलाईनले सार्वजनिक गरेपछि सबैको चासोको विषय बनेको छ ।
चुनावमा पराजय भोगेपछि आफु निकटका नेताहरुलाई बोकेर पुर्वी नेपालको जिल्ला इलामाको भिन्न रमणिय स्थानको दृष्य पान गर्दै छिमेकी देश भारतको दार्जलिङ भ्रमण गर्न किन गए होलान ? एमाओवादी भित्र अहिले चासो र चर्चाको विषय बन्न थालेको छ ।
माओवादी नेतृ सविता कोइराला र मिथिला फुँयालले आफ्नो फेसवुक वालमा इलाम दार्जिलिङका विभिन्न स्थानमा घुमफिर गरेका फोटोहरु पोष्ट गर्नु भएको छ । निर्वाचनमा विजयी भएका उम्मेदवाहरुलाई छोडर नेता गजुरेलले आफ्नो गुटका मान्छेलाई मात्रै घुमाउन लगेको माओवादी भित्रै कुरा उठेको छ । विजयी बनेका उम्मेदवारहरु जनतालाई धन्यवाद दिदै घरदैलोमा व्यस्त हुँदै गर्दा उपमेयरमा पराजय भोगेका उम्मेदवारहरु तथा नेकपा माओवादी केन्द्रका कमलामाई नगरका कमिटीका महत्वपुर्ण नेताहरु घुमघामा मस्त छन् । उनीहरुलाई मात्रै गजुरेलले किन लगे ? अहिले माओवादी कार्यकर्ताहरुले प्रश्न उठाउन थालेका छन् ।
कमलामाईको उपमेयर पदमा उठेका श्रेष्ठलाई जिताउन गजुरेलले निकै जोडबल गरेका थिए तर उनको केही लागेन । माओवादी संम्बद्ध स्रोत भन्छः नेता श्रेष्ठलाई माओवादीकै संस्थापन पक्षको असहयोगका कारणले पराजय भोग्नु प¥यो । सिन्धुली माओवादीमा गजुरेल र राजन दाहालको बलियो दुई धार देखिएपनि पार्टी कमिटी दाहालको पक्षमा रहेको उम्मेदवार छनोट प्रकरणले पुष्टि गरेको छ ।-यो समाचार सन्देश जनप्रिय साप्ताहिकले लेखेको छ ।