रुसद्वारा युक्रेनका महत्त्वपूर्ण निसानाहरूमा आक्रमण तेज

रुसले युक्रेनमा आक्रमण गरेको सातौँ दिन बुधवार मस्कोले दक्षिणका बन्दरगाह सहरहरू लगायत महत्त्वपूर्ण निसानाहरूमा हमला तेज पारेको छ।

एक सातायता २ हजार गैरसैनिकको ज्यान गएको युक्रेनले जनाएको छ। पूर्वी खार्किभ सहरमा निरन्तर रकेट आक्रमण तथा हवाई हमला भइरहेका छन्। ब्ल्याक सीको बन्दरगाह सहर खेअरसान कब्जामा लिएको रुसको भनाइ छ। तर त्यसलाई त्यहाँका मेयरले प्रतिवाद गरेका छन्।

राजधानी किएभतर्फ निरन्तर रुसी फौजको ठूलो डफ्फा अघि बढिरहेको छ। युक्रेनसँगको शान्तिवार्ताको दोस्रो चरण सुरु हुने रुसले बताएको छ।

रुसद्वारा युक्रेनमा गरिएका आक्रमणबारे हामीले निरन्तर समाचार दिँदै आएका छौँ।