अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला पत्रकार सम्मेलनमा किमले के गरिरहेका थिए भन्ने आफूलाई थाहा भएको बताएका छन्।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले किमबारे विस्तृत विवरण दिन नसक्ने तर किम सकुशल थिए भन्नेमा आफू रहेको बताए।
दुई साताअघि उत्तर कोरियाली संस्थापक नेताको जन्मजयन्तीमा समेत सहभागी नभएपछि किमबारे अनेक अड्कलबाजी सुरु भएको थियो।
दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियामा कुनै पनि अस्वाभाविक कुरा नदेखिएको बताएका छन्।