डोनल्ड ट्रम्प भन्छन्, ‘कोभिड-१९ महामारी फैलाएकाले चीनमाथि गम्भीर अनुसन्धान’

कोरोनाभाइरस फैलाउन केवल चीनको भूमिका भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले चीनबारे अनुसन्धान गरिरहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस रोकथामका लागि चीनले चालेको कदमबारे आफ्नो प्रशासनले “अत्यन्त गम्भीर ढङ्गले चीनमाथि अनुसन्धान गरिरहेको” बताएका छन्।

गत शुक्रवारपछि पहिलो पटक कोरोनाभाइरससम्बन्धी पत्रकार सम्मेलन गर्दै ट्रम्पले चीनबारे टिप्पणी गरेका हुन्।

उनले ट्रम्पले आफूहरू चीनसँग अप्रसन्न रहेको बताए।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थाप्रति पनि आफू खुसी हुन नसक्ने धारणा राख्दै भने, ‘किनकि यस (कोरोनाभाइरस) लाई मूलमै रोक्न सकिन्थ्यो। चाँडै रोक्न सकिन्थ्यो। र, यो विश्वभरि फैलिएको हुँदैनथ्यो।”

कोरोनाभाइरस महामारीको विषयमा ट्रम्पले चीनको वारंवार आलोचना गर्दै आएका छन्।

ट्रम्पले चीनतर्फ लक्षित गर्दै कोरोनाभाइरस महामारी फैलिनुमा एउटा देशबाहेक अरू कसैलाई पनि जिम्मेवार ठहर्‍याउन नसकिने बताए।

कोभिड-१९ रोक्न चीन पूर्णतः असफल भएको ट्रम्पको दाबी छ।

ट्रम्पले आफूले अर्थतन्त्रलाई इतिहासमै सर्वोच्च तहमा पुर्‍याएको तर त्यसलाई बन्द गर्न दबावमा परेको पनि बताए।