अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले चितवनस्थित कोरोना विशेष अस्पतालमा भर्खर छापा मारेको छ ।
सूचना अधिकारी शिवराज रेग्मीले कोरोना विशेष अस्पतालमा अनियमितता भएको उजुरी ग्रहण गरी छापा मारेको बताए । अहिले अस्पतालमै रहेका सूचना अधिकारी रेग्मीले आवश्यक कागजपत्र नियन्त्रणमा लिई थप अनुसन्धान लगायतका कार्य भइरहेको तु खबरलाई जानकारी दिए ।
अस्पतालमा कर्मचारीहरुले चोरी गरेको सीसीटिभी फुटेज बाहिरिएपछि छापा मारेको हो ।