सिन्धुलीमा दशैंको टिकाको राती तीन जना वालिका सामूहिक बलात्कृत भएका छन् । प्रहरी स्रोतका अनुसार टिकाको राती १२ बजेदेखी २ बजेका बीचमा सो घटना भएको हो । प्रहरीले पिडितहरुले दिएको सूचनाका आधारमा तीन जनालाई पक्राउ गरेको छ । घटनामा ९ जना संलग्न भएको प्रारंभिक बिबरणमा खुलेको छ । कमलामाई नगरपालिका वडा न.ं ५ लव्दाहा खोलाको पुलमुनी सो घटना भएको बताइएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको र कार्यालय खुलेपछि कानूनी प्रक्रिया अगाडि बढाइने प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिनुभयो ।
सामूहिक बलात्कारको घटनाको पूर्ण बिबरण आउन बाँकी रहेको बताइएको छ । बलात्कृत वालिकाहरुको स्वास्थ्य परिक्षण गरिसकिएको र रिपोर्ट आउन बाँकी रहेको छ । समाचार स्रोतका अनुसार वलात्कृत वालिका १३, १४ र १५ उमेर समूहका रहेकाछन् । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।











