प्रधानमन्त्री शेरबहादुर देउवाले दशैंको टीका लगाउने क्रममा एक जना कार्यकर्ताले खुट्टा ढोग्न लगाउनु भएको छ । दशैंको टीका थाप्न आएका एक कार्यकर्ताले प्रधानमन्त्री देउवाबाट टीका ग्रहणपछि दाम राखेर खुट्टा ढोग्नुभएको हो ।
प्रधानमन्त्री देउवालाई दाम राखेर खुट्टा ढोगेको यो दृष्य यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । फेसबुक, टीकटकदेखि ट्वीटरसम्ममा प्रधानमन्त्रीको यो भिडियोको चर्चा भएको हो । सामाजिक सञ्जालमा यो भिडियोले निकै चर्चा मात्र पाएको छैन, प्रधानमन्त्रीको कडा आलोचना गरिएको छ ।