बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री प्रदीप कटुवालले आजको वडादशैंको साइतको टिका ७० वर्षीय काका कृष्णवहादुर कटुवाल र काकी शान्ता कटुवालको हाटबाट ग्रहण गर्नुभएको छ । विहान १० बजेर २ मिनेटको साइतमा मन्त्री कटुवाल, भाई दिलवहादुर कटुवालले एकै साथ लगाउनुभएको हो । कमलामाई नगरपालिका वडा नंंं. ६ पानीट्यांकी स्थित काकाको घरमा उहाँले टिका लगाउनु भएको भाई दिलवहादुर कटुवालले जानकारी दिनुभयो ।




