कमलामाई नगरपालिकाले ल्याईदिएको दशैंको खुशी


माओवादी जनयुद्धमा संलग्न भएकी कुन्ता खत्री (३८) लाई अहिलेको दशैंमा कुनै उत्साह छैन । ५ सन्तानकी आमा समेत रहेकी कुन्ताले दुई छोरा र तीन छोरीलाई नयाँ लुगको व्यवस्था गर्न सकिनन् । श्रीमानको मृत्युपछि दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक टार्दै आएकी उनलाई कमलामाई नगरपालिकाले दिएको दशैं प्याकेजले केही राहत त मिलेको छ, तर उनको मनमा भने पिडाले सताईरहेको छ ।
चियाँवारीमा रहेको एक होटलमा सफाई मजदुरका रुपमा काम गरेकी उनी कमलामाई नगरपालिका वडा नं.६ मा बस्छिन् । श्रीमानको मृत्युपछि उनी अपाङ्ग बनेकीछन् । अस्वस्थताका बीच उनले दैनिक रुपमा काम नगरे बेलुका कोठामा आगो बल्दैन भन्नेकुराले उनलाई छटपटी गराईरहन्छ । सबैतिर दशैंको रौनक छ, तर आफुलाई भने अभाबै अभावले सताइरहेको उनको गुनासो छ । उनी अगाडि भन्छिन्ः दशैंमा कसरी बिहान बेलुका छाक टार्ने भन्ने चिन्ताले सताइरहेको थियो, कमलामाई नगरपालिकाले दशैं मनाउन पुग्ने खाद्यान्न लगायतका सामाग्रीहरु दिएर हामीलाई मायाँ गरेको छ, हामी उहाँहरुप्रति धेरै धेरै आभारी भएका छौं । पहिला पनि सहयोग पाएका थियौं, अहिले को सहयोग त भगवानलेनैं पठाएछन् झैं भयो । यि कुराहरु बताईरहँदा उनको आँखाभरी आशुका थोपाहरु टिप्पिलाइरहेका थिए ।
उनी मात्रै होइनन् । जिल्ला न्यायाधिवक्ताको कार्यालयको नाकैमा वर्षोदेखी बसोबासगर्दै आएका गोविन्द बिक (५१) को अबस्था पनि उस्तैछ । एचआइभी संक्रमणपछि उपचार गर्न सहज हुने आशाले सदरमुकाम बस्दैआएका उनको दशैं पनि कमलामाई नगरपालिकाले दिएको दशैं प्याकेजले थोरै भएपनि सहज बनाइदिएको छ । २ सन्तानका बाबुसमेत रहेका बिकको समस्या कुन्ताको भन्दा कम छैन । उनी दैनिक ज्यालादारी काम गर्छन् । काम गरेको दिन त जसो तसो बिहान बेलुकको छाक टार्न सकिन्छ, तर काम गर्न नपाएपछि मेरो घरमा खानै पाक्दैन, हामी जस्ता गरिव र असहायलाई कस्ले हेर्ने ? उनले आफ्नो दुखेसो यसरी पोखे । पहिला लकडाउनको समयमा पनि कमलामाई नगरपालिकाका मेयर हुँ भन्दै चामल, दाल र नुन तेल ल्याएर दिनुभएको थियो । सबैतिर दशैंको रमाईलो छ, केटाकेटी लाई कसरी भात खुवाउने होला भन्ने चिन्ताले सताईरहेको थियो, फुलपातीको दिन बिहानै घरमा चामल, दाल, नुन, तेल, मसला र ५ सय नगदसहितको सहयोग आइपुग्यो । ‘हामी जस्ता गरिवका लागि नगरपालिका र मेयर देउता जस्तै हुनुहुन्छ’ विश्वकर्माले महाअष्टमीका दिन प्रदेशखवरसँग खुशीहुँदै भने । हामी त दशैं जस्तो चाडमा कसरी बिहान बेलुकाको छाक टार्न सकिएला भनेर अघिल्लो दिन राती बुढाबुढी कुराकानी गरेका थियौं, बिहान त हाम्रो समस्या त समाधान पो भयो, उनले मुस्कुराउँदै भने ।
कमलामाई नगरपालिका वडा नं. ५ राजपानीका मुक्तिराज गिरी (६६) लाई आफ्नै गाउँमा पुगेको कमलामाई नगरपालिकाको टोलीले दशैंका लागि सामाग्री लिन आउनु भन्दै फोन आयो । शुरुमा त उनलाई पत्यारै लागेन । तर उनलाई फोन गर्ने सामाजिक शाखाका बबिन्द्रलाल माझीले सबै कुरा बताएपछि उनीमा खुशीको कुनै सिमानैं हाँकी रहेन । फुलपातीको अघिल्लो दिन माढी बजारमा पुजाको ढाकी बोकेर निस्कन लागेका उनी दशैंको सामाग्री लिन तोकिएको स्थानमा पुगे र दशैंका लागि तयार पारेको प्याकेज लिएर आए । अहिले उनको घरमा पनि दशैं आएको छ । उनी पेशाले पुजारी पनि हुन् । वजार रहेका पसलेहरुलाई टिका लगाई दिएवापत प्राप्त हुने दुई पाँच दिनभर
गिरीको भन्दा पृथक छैन मानवीरे तामाङ (६९) को दशैं । संकटै संकटका बीच तीन महिना अघि आफ्नी पत्नी गुमाएका उनलाई बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्या थियो । झन दशैंमा त सबैतिर रमाईलो र खानपान हुने भएपनि आफुँगै आश्रित नाती नातीनाको मुहारमा खुशी ल्याइदिनु उनको जिम्मेवारी छ । तर बुढ्यौलीले ढपक्कै ढोकेका उनमा ज्याला मजदुरी गर्ने हिम्मत हराएकै कारण श्रीमतीको निधनपछि बहिरी काम गर्न छोडेका छन् । त्यसपछि पनि उनको संघारमा संकटै संकट आइरहेका बेला कमलामाई नगरपालिकाले वितरण गरेको दशैं कोशेलीको प्याकेजले ठूलो सहयोग पुगेको बताए । उनले अगाडि भनेः मेरो श्रीमतीको निधन भएका बेला पनि वडाध्यक्ष उज्वलकुमार थापाले चामल लगायतको सामाग्रीहरु सहयोग गर्नुभएको थियो, अहिले पनि सहयोग पाएँ, उहाँहरु मेरो लागि ठूलो अभिभावक बन्नुभएको ।
कमलामाई नगरपालिकाले सदरमुकाम आसपास बसोवास गर्ने विपन्न तथा गरिव समुदायलाई लक्षितगर्दै सबैको घरमा खुशीयाली ल्याउने उदेश्यले खाद्यान्न लगायतका सामाग्री र नगद सहयोग गरेको नगरप्रमुख खड्गवहादुर खत्रीले बताउनुभयो । कोही दशैं पर्वका नाममा रामाइलो गर्ने र कोही नागरिकहरु निराश भएर अभाव र गरिबिले छटपाउनु पर्ने अबस्थाको अन्त्य होस् र उनीहरुमा हाम्रो लागि स्थानीय सरकार छ भन्ने अनुभूति दिलाउने काम गरेको उहाँको भनाई थियो ।