नेपाली कांग्रेस हेटौंडाले निषेधाज्ञा तोड्दै सार्वजनिक कार्यक्रम गरेको छ ।
हेटौंडा उपमहानगरपालिका– ७ चौघडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले निषेधाज्ञा तोड्ने अभियान सुरु भएको बताए ।
‘अब निषेधाज्ञा तोड्ने अभियान मैले सुरु गरेको छु,...
काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
काठमाडौंको कागेश्वरी नगरपालिका– ९ कि ४८ वर्षिया महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिएका हुन् ।
मृतक महिलामा...
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका एक थुनुवा र पाँच जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
गएको साउन ३० गते मनमैजुमा एक व्यक्तिको हत्या गरेको आरोपमा समातिएका एक थुनुवामा कोरोना पुष्टि भएको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी श्यामलाल ज्ञवालीले...
थापाथलीमा रहेको परोपकार प्रसूतिगृह तथा स्त्री रोग अस्पतालका दुई चिकित्सक सहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमण हुनेमा नर्स र कार्यलय सहयोगी रहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार संक्रमित सबैलाई आइसोलेशनमा राखिएको छ।
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपामा वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
तर नेता नेपालसहित उनको परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ।
नेता नेपालको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका ९ जनामा...
चितवनमा स्वास्थ्यकर्मीसमेतगरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार राति गरिएको परीक्षणका क्रममा ११ जना महिला र १५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकाहरूमध्ये चितवनका २२ जना छन्।
उनीहरूमध्ये भरतपुर...
निशेधाज्ञा गरिएको पहिलो दिन अत्यावश्यक काम बाहेक बाहिर निस्कने एक हजार १७० जना मानिसलाई प्रहरीले दुई घन्टा होल्डमा राखेको छ । त्यस्तै, अत्यावश्यक काम बाहेक बाहिर निस्किएका ६९२ वटा दुई पाङग्रे र १९५ वटा चार पांङग्रे सवारी साधनलाई प्रहरीले...
फ्रन्टलाइनमा रहेर सुरक्षा दिइरहेका नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले आफ्नो मातहतका जवानदेखी अधिकृतसम्म सरुवा गरेपछि ति निकायमा कोरोना संक्रमणको त्रास बढेको सम्वद्ध अधिकारीहरुले बताउन थालेका छन् । समाचार स्रोतका अनुसार सिन्धुली जिल्लामा रहेको नेपाली सेना...
देशैभर कोरोना संक्रमणको दर बढीरहेका तराईका जिल्लामाझैं सिन्धुली जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा प्रवेश गरिसकेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले बताउनु भएको छ ।सिन्धुलीमा संक्रमितको संख्या ह्वात्तै बढेपछि गरिएका केही नमुना संकलनले कोरोना भाइरस समुदायमा छिरिसकेको आफुले अनुभव...
चितवनको भरतपुर अस्पतालका प्रमुखसहित चार डाक्टरमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
अस्पतालमा कार्यरत चिकित्सकले दिएको जानकारी अनुसार अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीसहित चार चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति आएको रिपोर्ट...












