त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

काठमाडौंको कागेश्वरी नगरपालिका– ९ कि ४८ वर्षिया महिलाको उपचारका क्रममा सोमबार मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिएका हुन् ।

मृतक महिलामा मुटुसम्बन्धी, पित्तथैली र मिर्गौलाको समस्या देखिएपछि साउन २८ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । भर्ना भए लगत्तै उनलाई उनलाई कोरोना संक्रमण देखिएको थियो ।