देशैभर कोरोना संक्रमणको दर बढीरहेका तराईका जिल्लामाझैं सिन्धुली जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा प्रवेश गरिसकेको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले बताउनु भएको छ ।
सिन्धुलीमा संक्रमितको संख्या ह्वात्तै बढेपछि गरिएका केही नमुना संकलनले कोरोना भाइरस समुदायमा छिरिसकेको आफुले अनुभव गर्न थालेको अध्यक्ष पोखरेलको भनाई थियो ।
कोरोनाको इपिसेन्टर बसेको २ नम्वर प्रदेशबाट आएका मानिसहरुको लापरवाहीका कारणले कोरोना समुदायमा फैलन मद्दत गरेको निश्कर्ष निकाल्दै अध्यक्ष पोखरेलले अगाडि भन्नुभयोः अहिले नगरपालिका क्षेत्र लक डाउनमा छ, तर त्यसलाई पूर्ण रुपमा पालना गर्नका लागि व्यापारी साथीहरुको सहयोग भएन । जसले गर्दा कोरोना संक्रमणको दरअझ उच्च बनाउने छ । हामी विश्वभर फैलिएको महामारीसँग जुधिरहेका छौं तर सिन्धुलीमा कोरोना रोकथाम र निन्यत्रणका प्रयासमा सबै क्षेत्रको अयन्त महत्वपूर्ण भूमिका रहेपनि व्यवासयीहरुले साथ नदिएको उहाँको दुःखेसो छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका लोकप्रिय नेतासमेत रहेका अध्यक्ष पोखरेलले रोकरोना रोकथाम र नियन्त्रणका लागि कमलामाई नगरपालिकाले सिन्धुली अस्पताललाई सहयोग गर्नुका साथै आफ्नो तर्फबाट अत्यन्तै राम्रो प्रयाश गरेको बताउनुभयो । त्यसैगरी नेपाली सेनाको बर्दवहादुर गणका गणपति, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी र आफ्नै कर्मचारीको मुक्तकण्ठले प्रशंसागर्दे भन्नुभयोः सिन्धुली जिल्लालाई कोरोना संक्रमणबाट मुक्त गराउनका लागि सबैको हातेमालो अपरिहार्य रहनुपर्नेमा त्यसो हुन नसक्दा समस्याहरु जटिल बन्न थालेकाछन् , त्यसका निम्ती सबै स्थानीय तह नागरिकको जीवन रक्षाका लागि जिम्मेवार बन्नैपर्छ ।
‘आफ्नो व्यापार व्यवसाय केही समयका लागि बन्द गरौं, हाम्रा गोरेटो बाटोमा वालुवा हाल्ने काम अर्को साल गरौं, बाटो बनाउने काम अहिले नगरौं, आपसी आलोचना र झगडा पनि केही समय थाँती राखौं । अहिले हामी सबै मिलेर कोरोना बिरुद्धको लडाँई जित्नु छ । जीवन भएमात्रै हामीलाई सबैथोक थाहिन्छ , जव जीवननैं समाप्तभयो भने यी सबैकुरा किन चाहियो ।’ अध्यक्ष पोखरेलले भन्नुभयो । अहिले सिन्धुली असस्पतालले २५ जनासम्म कोरोना संक्रमणका विरामीलाई मात्र राख्न सक्ने क्षमता रहेको र एपोलो अस्पतालमा पनि २५ वेडको आइसोलेलन सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । अहिलेको संक्रमण दरलाई थेग्नका लागि ५० बेडको आइसोलेसन निर्माण गर्न मन्त्रालयमा कुरा भइसकेको र त्यसको तयारी पनि थालिएको छ । हिजोमात्रै मन्त्रालयमा कुरा गरेर हामीले प्रदेश माननीय र कमलामाई नगरप्रमुखसँगको छलफलपछि भुसंरक्षण कार्यालयसँगै जोडिएको खाली जग्गामा आइसोलेसन निर्माण गर्न लागिएको अध्यक्ष पोखरेलको भनाई थियो ।
अध्यक्ष पोखरेलका अनुसार कोरोना संक्रमणको बृद्धिदरसँगै सिन्धुलीमा पिसिआर परिक्षणका लागि २० दिन भित्र मेसिन आउने र त्यसलाई भूसंरक्षण कार्यालयमा राखेर सञ्चालनमा ल्याइने छ । त्यसैगरी सिन्धुली अस्पतालमा ३ बेडको आइसियु रहेकामा वागमती प्रदेश सरकारले थप ३ वेडको आइसियु उपलव्ध गराउने भएपछि अब ६ वेडको आइसियु सञ्चालनमा आउने भएको छ । त्यसका निम्ती कर्मचारी व्यवस्थापनमा आजैबाट लाग्ने उहाँको भनाई थियो । स्मरणीय छः अध्यक्ष पोखरेल सिन्धुली अस्पताल विकास समितिको अध्यक्ष भएपछि मात्रै अस्पतालमा आइसियु सेवा सञ्चालनमा आएको हो ।











